• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

त्रिवेणी इन्टरनेशनलमा विविएस प्रथम बर्षका विद्यार्थीलाई स्वागत

Lekhnath Khabar by Lekhnath Khabar
December 28, 2024
in समाचार, स्थानीय
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ/पौष १२
त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिले विविएस प्रथम बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ । नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरिय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नु पर्नेमा जोड दिए ।
विद्यार्थीहरुका लागि विविएसको अध्ययन सकिएपछि संभावनाका चौतर्फी ढोका खुल्ने उल्लेख गर्दै, इन्टर्न पछि रोजगारीका लागि अवसरहरु सिर्जना गर्न आग्रह गरे । उनले व्यवस्थापन र लेखाको क्षेत्रमा जनशक्तिको अभाव रहेको उल्लेख गर्दै, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीका लागि अवसरहरु प्रसस्त रहेको बताए । अध्यक्ष गुरुङ्गले त्रिवेणी इन्टरनेशनल लेखनाथको नीजि क्षेत्रबाट संचालित उत्कृष्ट कलेज रहेको उल्लेख गरे ।
संचालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजबाट उत्पादित जनशक्तिले राज्यका विभिन्न निकायको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले गुणस्तरिय शिक्षाले विद्यार्थीको कलेज छाड्ने दरमा नियन्त्रण आउने उल्लेख गरे ।
कलेज प्रमुख यदुराज आचार्यले प्रविधिसँग अभ्यस्त बनाई व्यवस्थापन बिषयको अध्यापनका कारण स्नाकोत्तरसम्मको अध्ययनमा विद्यार्थीहरुको उल्लेख्य संख्या रहेको बताए ।
कलेजका एकेडेमिक सल्लाहकार प्रा.डा. इन्द्रप्रसाद तिवारीले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी जनशक्ति उत्पादनमा जोड दिए । उनले विविएसको अध्ययनपछि विद्यार्थी व्यापार देखी रोजगारका हरेक क्षेत्रमा अब्बल रहन सक्ने बताए ।
संचारकर्मी नवराज सापकोटाले +२ पछि विद्यार्थीहरुको बिदेशमा अध्ययनको मोह बढेको उल्लेख गर्दै, विद्यार्थीहरुलाई नेपालमै आकर्षण गर्न सक्ने समय अनुसारको पाठ्यक्रम र एकेडेमिक कोर्ष राख्नु पर्नेमा जोड दिए ।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कलेजमा विविएस तर्फ पहिलो बर्ष एकसय पचास भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त उक्त कलेज लेखनाथ क्षेत्रकै अग्रणी शैक्षिक क्षेत्रका रुपमा रहेको छ ।
May be an image of 4 people and scarf
May be an image of 2 people, people dancing, flute and text
May be an image of 12 people and text
Previous Post

लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

Next Post

लेखनाथ महोत्सवमा महिलाहरुविच हाजिरी जवाफ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेखनाथ महोत्सवमा महिलाहरुविच हाजिरी जवाफ

लेखनाथ महोत्सवमा महिलाहरुविच हाजिरी जवाफ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?