• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
December 26, 2024
in समाचार, स्थानीय
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ पुस । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा डायमण्ड मा.वि. की मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्धित्तीय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन । विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान गरिने विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका २७ जना छात्र छात्राहरुको सहभागीता रहेको थियो । प्रतियोगिहरुलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्न भनिएको थियो । निर्णायकको भुमिकामा सृजनशिल कलाकार समुहका अध्यक्ष डिबि गुरुङ,मिलन शेरचन र झविन्द्र गुरुङ रहेका थिए ।

‘‘प्रतियोगितामा विद्यार्थीहरुले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’–संयोजक ढुंगानाले वताए ।

महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा आँफैमा प्रकृतिको सुन्दर सृजना भएको बताउँदै चित्रकला प्रतियोगिताले विद्यार्थी भाई बहिनीहरुमा पनि सृजनात्मक क्षमताको विकास गराउने वताएका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराउँदै चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, नृत्य प्रस्तुतहिरु पनि रहेको वताएका थिए ।

विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संघकी महासचिव जानुका पराजुलीले गरेकी थिईन धने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Previous Post

लेखनाथ महोत्सव अन्र्तगत आज चित्रकला प्रतियोगिता

Next Post

त्रिवेणी इन्टरनेशनलमा विविएस प्रथम बर्षका विद्यार्थीलाई स्वागत

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
त्रिवेणी इन्टरनेशनलमा विविएस प्रथम बर्षका विद्यार्थीलाई स्वागत

त्रिवेणी इन्टरनेशनलमा विविएस प्रथम बर्षका विद्यार्थीलाई स्वागत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?