लेखनाथ, ११ पुस । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २० औ संस्करणको लेखनाथ महोत्सवमा आज विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । प्रतियोगिता लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी प्रतियोगिहरुले पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्नुपर्नेछ । प्रतियोगितामा २० वटा विद्यालयबाट सहभागी हुने अपेक्षा गरिएको छ भने एक विद्यालयबाट ३ जना प्रतियोगी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान गरिने ढुंगानाले जानकारी दिए । ‘‘प्रतियोगितामा विद्यार्थीहरुले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’–संयोजक ढुंगानाले वताए ।
महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचय पत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।
Discussion about this post