लेखनाथ, १० पुस । कास्कीको पोखरा महनगरपालिका वडा नं २६ मा रहेको रहेको खाष्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकाललका लागि छविलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा शिवराज तिमिल्सेना,सचिवमा विकास अधिकारी,कोषाध्यक्षमा बुद्धिमोहन अधिकारी रहेका छने भने समितिको सदस्यमा जंग वहादुर परियार, मधुुमाया अधिकारी,हरिकृष्ण घिमिरे,ईन्दिरा लामिछाने,कविता अधिकारी पौडेल,धन बहादुर विश्वकर्मा र चिनादेवि लामिछाने रहेकी छन् । यसैगरि समितिको लेखा संयोजकमा वालचन्द्र भण्डारी र सदस्यहरुमा तारानाथ पौडेल र लक्ष्मी पौडेल रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले कानुनी रुपले ताल संरक्षण र सहकारीलाई छुटै बनाउनु पर्ने बाध्यात्मक अवस्था आए पनि वडा नं २६ भित्र रहेका तीनैवटा ताललाई अझ वढि ब्यवस्थीत गर्दै कसरी आय आर्जनमा जोड्न सकिन्छ भन्ने वारेमा साझा अवधारणा बनाएर अगाडी वढ्ने विश्वास दिलाएका थिए ।
यस क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र स्थानियहरुसँग सहकार्य गर्दै नमुना वडा बनाउनका लागि राजनिती,धर्म र भेक नभनी सकरात्मक दृष्टिले रचनात्मक काम हुने धारण राखेका थिए ।
सोही अवसरमा सहकारीका अध्यक्ष हरि प्रसाद अधिकारीले लोपउन्मुख अवस्थामा पुगेको तालको स्थानिय स्तरमा संरक्षण गर्दै आय आर्जनका लागि सहकारी मार्फत माछा पालन गर्दै आएको र आगामी दिनमा वडासँग सहकार्य गर्दै अगाडी वढ्ने सहमति भएको जानकारी गराएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले ताललाई ब्यवसायिक रुपमा अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए भने जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछाने,गुदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष वामदेव ढुगाना,लेखनाथ खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष मुरारी शर्मा लगाएतले विकासमा समोन्वयको आवस्यकता औल्याएका थिए।
सहकारीका अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य ताल संरक्षण समितिकी उपाध्यक्ष ईन्दु लामिछानेले गरेकी थिईन भने कार्यक्रम संचालन सचिव नवराज ढुगानाले गरेका थिए ।
Discussion about this post