लेखनाथ, १० पुस । शिवालय टोल विकास संस्था पोखरा–३०, मोहरीयाको अध्यक्षमा चिरञ्जिवी तिवारी निर्वाचित भएका छन् । बुधवार भएको साधारण सभा तथा अधिवेशनवाट उपाध्यक्षमा भगवती अधिकारी सचिव शोभा न्यौपाने कोषाध्यक्षमा गुणप्रकाश बन्जरा सदस्यमा विष्णु प्रसाद भट्राई, पुष्पा कंडेल र राधिका बन्जरा निर्वाचित भए । उक्त टोल विकास संस्थामा स्थापनाकालदेखि नै १३ सदस्यीय पदमा घटाएर सात सदस्यीयले नेतृत्व गरेका छन् ।
यस अघि कार्यक्रमको उद्धघाटन गर्दै पोखरा महानगर पालिका वडा नंं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडामा अब बाटोघाटो, विजुली, खानेपानी निर्माणभन्दा पनि मनकामना मन्दिरलाई धार्मिक पर्यटन सँग जोडदिन आग्रह गर्दै मोहरीया टोलमा खानेपानीका समस्या नरहेको बाटो घाटो र बिजुली सुविधा समेत भएकाले अब यस टोलमा रहेको मनकामना मन्दिरलाई व्यवस्थित गर्न आफूले ध्यान दिने उनको भनाइ थियो ।
धार्मिक र पर्यटकीय हिसावले आगमी वर्षमा बाटोको लागि चाहिने रकम वडा विनियोजन गर्ने बताउदै टोलको सरसफाइमा स्थानीय नै अग्रसर हुनुपर्ने भन्दै स्थानीय सरकारको जिम्वेवारी सस्था टोल संस्था भएकाले गौरवको योजना तालचोक वेगनासताल सडक खण्डमा सवै नागरिक सकारात्मक सोचले अगाडी बढ्न आग्रह गरे ।
वडा सदस्य विनोद प्रसाद लामिछानेले तथा टोल विकास संस्था वडाको समग्र विकासका लागि आफूहरुले गरेका कामको मूल्यांकन जनताले पक्कै गर्ने उनको भनाइ थियो । आफु निर्वाचित भएर आएपछि आफूले दिनरात नभनी काम गर्दै आएको भनाइ राखे । वडा सदस्य उमा परियारले टोलले स्थापनाकालदेखि नै उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरिन् ।
संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारीले टोललाई वि.स. २०६१ सालमा स्थापित सस्थालाई अब्बल बनाउन आफूहरु मरिमेटेर लागेको बताउदै । संस्थाले खानेपानी, विजुली, कृषि, सरसफाई र बचत समूह बनाएर ससानो रकम संकलन र लगानी गर्दै आएको जानकारी दिए । संस्थाका कोषाध्यक्ष गुण प्रसाद वन्जराले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने संस्थाकी सचिव शोभा शर्मा न्यौपानेले कार्यक्रमको संचालन गरेकी थिइन् ।
Discussion about this post