लेखनाथ, १०, पुस । लेखनाथ कुटानी पिसानी व्यवसायी समिति पोखरा २७ को ११ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले संस्था सम्पुर्ण उद्योगी व्यवसायीहरुको साझा संस्था भएको वताउँदै संस्थागत सदस्यको रुपमा आवद्ध हुन आग्रह गर्दै उद्योग वाणिज्य संघले पोर्खेली जेठोवुढो चामललाई व्राण्डिङ गरेको वताउदै व्यवसायीले गुणस्तरमा प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष रामजी पौडेलले लेखनाथ क्षेत्रमा १७० भन्दा वढि मिल रहेको बताउदै यस क्षेत्रमा हुने कृषि उत्पादन जेठो वुढो धान, पोर्खेली मसिनो, कोदो खेतीलाई पेशागत व्रान्डिग गर्नु पर्ने बताए । संस्थाका अध्यक्ष विष्णु प्रसाद लामिछानेले संस्थाका विभिन्न कार्यक्रम र कार्ययोजनालाई समय सापेक्ष परिमार्जन गर्दै व्यवसायमा आधुनिकिकरण गर्ने प्रयासमा आफु लाग्ने र सम्पुर्ण कुटानी पिसानी व्वयवसायीहरुको शिर कहिल्यौ नझुक्ने गरि सबैलाई समेटेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष बिरभद्र कँडेल,वडा नंं ३१ का वडा सदस्य देवेन्द्र अधिकारी, लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भिव बहादुर नेपाली, लेखनाथ हार्डवयेर यसोसियसनका अध्यक्ष अर्जुन पगेनी, संस्थाका उपाध्यक्ष सुदन राज अधिकारी, पुर्व अध्यक्ष टिकाराम भुर्तेल लगायतले बोलेका थिए ।
उक्त अवसरमा संस्थालाई अगाडि वढाउन योगदान पुर्याउने संस्थापक सदस्य, विजय श्रेष्ठ, संस्थापन अध्यक्ष रामजी पौडेल पुर्व अध्यक्ष कृष्णवहादुर अधिकारीलार्य कार्याक्रममा सम्मान गरिएको थियो । भने कार्याक्रमको संचालन सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
Discussion about this post