लेखनाथ, १० पुस । कास्कीको पोखरा महनगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श बहुमुखि क्याम्पसमा रु पाँच लाखको मित्रनाथ ÷अतिमाया अक्षयकोष स्थापना गरिएको छ ।
पोखरा २६ अर्घौं निवासी मित्रनाथ न्यौपाने र धर्मपत्नी अतिमाया न्यौपानेले क्याम्पसमा नियमित आर्थिक श्रोत नभएको अवस्थालाई ध्यानमा राखी गरिव तथा जेहन्दार विद्यार्थीलाई लक्षित गरी आफु ८४ वर्ष प्रवेशको पुनीत अवसरमा पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
नव आगन्तुक विद्यार्थीहरुका लागि राखिएको स्वागत तथा सन्मान कार्यक्रममा अक्षय कोष दाता मित्रनाथ न्यौपाने,धर्मपत्नी अतिमाया न्यौपाने,छोराहरू रमेश न्यौपाने र नवराज न्यौपानेले संयुक्त रूपमा रु पाँच लाख रुपियाँको चेक क्यम्पस व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र राज आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
पोखरा २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अक्षयकोषदाँता न्यौपाने परिवारलाई धन्यवाद सहित सुस्वास्थ्य, दिर्घायुको र उत्तरोत्तर प्रगतिको कामना सहित क्यम्पसको तर्फबाट सम्मान गरिएको थियो ।
Discussion about this post