लेखनाथ , ७ पुस । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २९ को दोस्रो अधिवेशनले सुवेदार चन्द्र वहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा प्रविन सुनार,सचिवमा सन्तोष सुर्खोली, उप सचिवमा जिवनदेव पौडेल र महिला उप सचिवमा सोभा ओली रहेको एमाले नेता चेतवहादुर गुरुङले जानकारी दिएका छन् ।
कार्यवाहाक अध्यक्ष सु. चन्द्रवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेकपा एमाले केन्द्रिय सल्लाहकार कमिटिका सचिवालय सदस्य सोमनाथ प्यासीले गरेका थिए ।
Discussion about this post