लेखनाथ , ६ पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको रहेको गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने गरि माछा पालनलाई अगाडी वढाउने भएको छ ।
सहकारीको शनिवार सम्पन्न पाचौं वार्षिक साधारण सभाका बक्ताहरुले वडा भित्र रहेका तीन वटा तालको उचित रुपमा संरक्षण गर्दै यस क्षेत्रको पर्यटन विकास सगसगै आय आर्जनका लागि स्थानिय निकाय र समुदायको सहकार्यमा माछा पालनलाई अगाडी वढाउन पर्ने सुझाव राखेका हुन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले विगतका दिनमा जे जस्ता समस्य आए पनि अवका दिनमा निती र नियमको परिधीमा रहेर तालको संरक्षण देखि यसको उपयोगमा सहकारी र वडा बिच आपसि समन्वयको आबस्यता रहेको वताएका थिए ।
साथै उनले वडाको बिकासमा आफु हरदम साथ र सहयोग गर्न तयार रहेको वताउदै ताल र वडाका विच जे जस्तो समस्याहरू आएका छन् ती समझदारिमा जान सकिन्छ , यसका लागि जो कोहि पनि राज्यको दायरामा आई नियम संगत तरिकाले बिकास निर्माणमा काम गर्नु पर्दछ , कुनै बिकास निर्माण मा राजनितिक भाबले हेर्नू नहुने र वडाको बिकास निर्माणमा समुदायसँग हातेमालो गरेर जाने पक्षमा आफु रहेको विश्वास ब्यक्त गरेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले माछा पालनलाई ब्यवसायि वनाएर कास्कीलाई पुग्ने माछा यहाँ रहेका तालवाट उत्पादन गर्न सकिने सुझाव राखेका थिए भने जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछानेले ठाउ विशेषलाई मध्यनजर राख्दै एक सहकारी एक उत्पादनमा तर्फ अग्रसर हुनु पर्नेमा जोड दिएका थिए ।
गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष वामदेव ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा खाष्टे मत्स्य कृषि सहकारी सस्थाका अध्यक्ष हरि प्रसाद अधिकारी,गुँदेताल मत्स्य विकास संरक्षण समितिका अध्यक्ष सुर्यनाथ भण्डारी र सेयर सदस्यहरुको तर्फबाट दिपक भण्डारी लगाएतले स्थानिय निकाय र यहाँ रहेका सामाजिक संघ सस्थाका विच सहकार्य हुन सके जुन सुकै विकास निर्माणका कामले पनि सार्थकता पाउने विश्वास दिलाएका थिए ।
सस्थाका सचिव वद्रिनाथ ढुगानाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कार्यसमिति सदस्य सरस्वती ढुगानाले गरेकी थिईन ।






Discussion about this post