लेखनाथ , ७ पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं ३० निवासी स्वर्गीय भागीरथी तिवारीको स्मृतीमा तिवारी परिवारबाट बिभिन्न संघ सस्थालाई सहयोग गरेका छन् ।
९३ बर्षको उमेर गत मंसिर २४ स्वगारोहण भएकी तिवारीको स्मृतीमा परिवारको तर्फबाट करिव एक दजर्न सामाजिक संघ सस्थाहरुलाई सहयोग गरिएको हो ।
स्वर्गीय तिवारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदान र उहाँ संलग्न भएका सस्थाहरुको सम्झाना गर्दै परिवारको तर्फबाट आर्थीक सहयोग गरिएको नाती सम्भु पाण्डेले जानकारी दिएका छन् ।
स्वर्गीय तिवारीको १३ औ दिनको पुण्यतिथीको अवसर पारेर शिसुवा जेष्ठ नागरिक समाजलाई ११हजार छ सय ९५,नागरिक परोपकार समन्वय सस्थालाई १० हजार,कृष्ण प्रणामी वाल तथा बृद्धाश्रम सहेलापाखामा १२हजार ,ओम शान्ति शिसुवालाई १० हजार,लेखनाथ पत्रकार मञ्चलाई १० हजार,नर्मदेश्वर मोक्ष आश्रम मदौरेघाँटलाई पाँच हजार, ओमकारेश्वर शिव मन्दिर र त्रिनेत्रेस्वर शिव मन्दिरलाई पाँच हजार सहयोग गरिएको हो ।
Discussion about this post