• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

Ramsharan Nepali by Ramsharan Nepali
December 22, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो ।

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले तेह्रौं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड छात्राबास निर्माणको लागि अगाडी बढ्ने भएको छ । युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि हालै शिलान्यास कार्यक्रम सम्पन्न भइसकेको र डिपीयार अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा युनाईटेड क्लबका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार उक्त छात्राबासलाई क्लबले निकट भविष्यमा विद्यालयको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

शिक्षा संगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत निरन्तरता भने रहने उनले बताए । १३ औं संस्करण सम्म आइपुग्दा युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापना गरी शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विभिन्न ग्रामीण बस्तीमा लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको र खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रर्वद्धक एवं सहभागीता जनाउदै आइरहेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको र हाल उक्त काम गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको ओजनामा समावेश भइ काम भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले अगाडी वढिरहेको र त्यसका लागि पोखरा महानगरसंग सहकार्य गरेर अगाडी बढ्ने वताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए ।

महोत्सव बाहेक युनाईटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरुलाई सहयोग गर्दै आएको क्वलले जनाएको छ । महोत्सवकै माध्यामबाट सेती नदी खोचलाई शाहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन समेत सम्बन्धित निकाय समक्ष पहलकदमी गर्दै आइरहेको छ ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहने र महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको महोत्सव प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ । त्यसैगरी महोत्सबबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।

पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छभने लाईभ कन्सर्ट तर्फ भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी संगै स्थानिय ब्याण्डहरुको प्रस्तुती रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी हांस्य ब्यङ्ग्य तर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

तेह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड रहेको छभने प्रायोजकहरुमा पोखरा सेकुवा घर अमरसिंह चोक, साकुरा डिजाइनर्स एण्ड विल्डर्स प्रालि, स्टारसिड टेक्नोलोजिस प्रालिको बिक्रेता जेपी इलेक्ट्रिकल्स प्रालि र बिवस इलेक्ट्रिकल्स पोखरा १० बुद्धचोक, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, हस्पिटालिटि पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि अमरसिंहचोक, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैक, अफिसियल इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स, ड्रिङकीङ वाटरमा सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह रहेका छनभने प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छभने अझै प्रायोजकहरु आउने क्रम जारी रहेको युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सव मुल समारोह संयोजक लोक बहादुर थापाले बताए ।

महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निशुलक प्रवेश गराइने छ । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिने छ । युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।

Previous Post

लेखनाथ बचत तथा ऋण सहकारीको अन्तरक्रिया

Next Post

स्व.भागिरथीको स्मृतीमा सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्व.भागिरथीको स्मृतीमा सहयोग

स्व.भागिरथीको स्मृतीमा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?