लेखनाथ, ६ पुस । पोखरा महानगरपालिका वडा नंं २६ अर्घौ बजारमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अन्तर्रकृया तथा बनभोज कार्यक्रम दिपाङ्ग तालमा शनिवार सम्पन्न गरेको छ ।
संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकताको सन्देस दिनका लागि हरेक वर्षमा बनभोज तथा अन्र्तरकृया कार्यकम सम्पन्न गर्ने गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिवहादुर जिसीले संस्था भन्दा वाहिर सञ्चालन हुने सह क्रियाकलापले सदस्यहरुको चोतर्फी विकास हुने बताए । उनले संस्थालाई अगाडी बढाउन तालिम गोष्ठी तथा बनभोज कार्यक्रम सामुहिक क्रियकलापले सदस्यहरुलाई सामाजिकरण हुन सहयोग पुग्ने भएकाले सह क्रियाकलाप निरन्तर आवश्यक रहेको बताए ।
सस्थाका सचिव शिव प्रसाद भण्डारीले संस्थाका समिति र शेयर सदस्यका विच हुने विभिन्न सहभागिता रहेको बनभोजमा सदस्यहरुले प्रतिभा प्रदर्शन र एकताको सन्देश जाने कुरा व्यक्त गरे ।खेलकुद संयोजक राजेन्द्र जिसीले सदस्यहरुका विच कुर्चि दौड, वेलन फुटाइ, रश्सा कस्सी, घैटो फुटाउने र खुल्ला नृत्य लगायतका कार्यक्रम भएको जानकारी दिए भने कार्यक्रमको संयोजक सम्झना लामिछानेले गरेकी थिइन् ।
Discussion about this post