• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

लेखनाथमा यःमरी उत्सव

Ramsharan Nepali by Ramsharan Nepali
December 22, 2024
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ०६ पुस । नेवारी समुदायको मौलीक सस्कृतीको संरक्षण गर्ने उदेश्यले नेवाःमिस पुच लेखनाथद्धारा शनिवार प्रथम यःमरी उत्सव कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

‘ स्थानीय कला र संस्कृतिको प्रवद्र्धन गर्रौ ‘ भन्ने उद्देश्यका साथ पहिलो पटक नेवाः मिसा पुच लेखनाथको आयोजनामा मौलिकता झल्कने तथा सभ्याताको प्रतिकका रुपमा यःमरी परिकारको उत्सव तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धघाटन गर्दे रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले संस्कृतिको धनि मुलक नेपालमा सस्कृति र धार्मिक हिसावले नेवार समुदाय अग्रपंंती रहेको बताउदै संस्कृति चाडवाड संरक्षणमा नेवार समुदायको बौद्धिक तथा सामाजिक व्यक्तित्वहरुले आफ्ना संस्कार र साँस्कृती झल्काउने तथा नयाँ पुस्तालाई लोप हुँदै गरेको संस्कार र सँस्कृतिका बारेमा ज्ञान प्रदान गर्नका निम्ती पनि यस्ता खाले उत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

लेखनाथ मिस पुचः की संस्थापक अध्यक्ष एवं संयोजक मेनुका क्षेष्ठले यःमरीको ऐतिहासिक महत्व र यःमरी उत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्न, नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैर नेवार समुदायबीच पुर्याउन उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन ।

कार्यक्रमा पोखरा महानगरपालिका वडा नंं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, लेखनाथ नेवाः खलका कार्यवाहक अध्यक्ष प्रकाशलाल श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी, कास्की नेवाः खलका अध्यक्ष अशोक पालिखे, नेवाः मिस पुचः कास्कीकी अध्यक्ष संगिता बज्राचार्य, र पावरहाउस वजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङ्ग, लगायतले यःमरी उत्सवको महत्वको बारेमा बोलेका थिए ।

नेवा मिसाः पुचाः की अध्यक्ष मिना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठ र कार्यक्रमको संचालन सचिव संगिता श्रेष्ठले गरेकी थिइन् ।

नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ । नयाँ धान कुटी पिसेको पिठोमा चाकु, तिल, नरीवल वा खुवा वा मास पिनेको वा किमा मासु लगायतका विभिन्न सामग्री राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ ।

योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग बाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ । यसरी बनाएको योमरी नया आएका् धानको भकारी वा कुल देवता वा पूजा कोठामा पुजा गरी कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास छ ।

Previous Post

पोखरा–२७ मा जागरुक नागरिक समाज

Next Post

लेखनाथ बचत तथा ऋण सहकारीको अन्तरक्रिया

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ बचत तथा ऋण सहकारीको अन्तरक्रिया

लेखनाथ बचत तथा ऋण सहकारीको अन्तरक्रिया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?