लेखनाथ ,५ पुस । सामाजिक काममा सहकार्य गर्दै विक्रिती र विसंगतीका विरुद्धमा खवदरी गर्दै आएको जागरुक नागरिक समाज कास्कीले पोखरा महानगरपालिका वडा नं २७ मा नयाँ समिति गठन गरेको छ ।
महानगरका सवै वडामा समिति गठन गर्ने योजना मुताविक शुक्रवार पोखरा २७ मा भएको भेलाले कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा जागरुक नागरिक समाज ईकाई समिति गठन गरिएको हो । नव गठित समितिको सचिवमा घनश्याम ढुगाना,कोषाध्यक्षमा बिष्णु प्रसाद लामिछाने र सदस्यहरुमा शान्ता पाण्डे,प्रभा पौडेल,विरेन्द्र भुर्तेल,पुर्णीमा खनाल,डम्वर अधिकारी,लक्ष्मी सापकोटा,थमन अधिकारी र मञ्जु अधिकारी रहेका छन् ।
नव निर्वाचित समितिलाई पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले पद तथा गोपनीयताको सथत गराउदै समाजमा ब्याप्त खराव कामका विरुद्धमा खवरदारी र राम्रा कामका विषयमा सकरात्म भुमिका निभाउन अनुरोघ गरेका थिए ।
जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ खानेपानी उपभोत्त सस्थाका अध्यक्ष मुरारी शर्मा,लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अजुन भण्डारी, परोपकार नागरिक समाजका अध्यक्ष देवराज पन्थि,निर्वाचन समितिका संयोजक जगननाथ तिमिल्सेना र तालचोक महिला समुहकी अध्यक्ष पुर्णीमा खनाल लगाएतले आ आफनो धारणा राखेका थिए ।
जागरुक नागरिक समाजकी सचिव सावित्री भटराईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमम संयोजक सिता वस्ताकोटीले गरेकी थिईन ।
Discussion about this post