लेखनाथ,५ पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सनराईज क्लवले प्रथम सनराईज कप अन्तरगत ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
सरसफाई र खेलकुदको क्षेत्रबाट क्लवलाई अगाडी वढाउने उदेस्य अनुसार क्लवमा आवद्ध सदस्यहरुका विच पहिलो पटक मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिताका विजयी टिमलाई शुक्रवार एक कार्यक्रमका विच पुरस्कृत गरिएको हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले शारिरिक र मानसिक रुपले स्वच्छ हुन सक्यो भने जुन सुकै काम गर्न पनि मनोवल वढ्ने भएकाले क्लवले खेललाई स्थान दिएकाले यसमा वडाले गर्ने भुमिकामा आफुले सक्दो सहयोग गर्ने वताएका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीलले खेलले शारिरिक रुपमा तन्द्रस्ट र मानसिक रुपमा सवल बनाउने धारणा राखेका थिए भने क्लवका निर्वतमान अध्यक्ष डुलु पुनले यस प्रकारको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने वताएका थिए ।
क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार खेम वहादुर पुनले स्वागत र सचिव बिनोद कार्कीले कार्यक्रम संचालन गरेका थिए ।
पुस ३ गते देखि संचालित प्रतियोगितामा सहभागी नौ टिमहरुमा कपिल गुरुङ र सुर्य प्रसाद अधिकारीको टिमले प्रथम स्थान हासिल गरेको थियो भने क्षेत्र वहादुर कुमाल र करण पुनको समुहले दोस्रो स्थान हासिल गरेका थिए । विजयी समुहलाई नगद,सिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
Discussion about this post