लेखनाथ, ७ पुस । पोखरा महानगरपालिका वडा नंं २६ को ब्यापारीक केन्द्र बुढिबजारमा रहेका ब्यवसायिहरुको साझा सस्था बुढिबजार ब्यवसायि समितिको १०औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले आगामी कार्यकालका लागि आनन्द वजगाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा कुशराज तिमिल्सेना,सचिवमा सुमित्रा वञ्जरा,सह सचिवमा किसन थापा र कोषाध्यक्षमा अविनास दाहाल रहेका छन् भने समितिको सदस्यमा समिप कुवँर,शुसिला सिग्देल,विष्णु सुनार र प्रभा गौतम रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले ब्यवसायिक हक हितका सवलमा संघले आवज उठाई रहेको र साना ब्यवसायिका क्षेत्रमा देखिएका समस्याका बारेमा निती गत रुपमा नै राज्यको तर्फबाट संवोधन गराउने योजनामा आफुहरु रहेको वताएका थिए ।
बुढिबजार ब्यवसायि समितिका अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु),महासचिव जानुका अधिकारी र निर्वाचन संयोजक जगननाथ तिमिल्सेना लगाएतले ब्यवसायिक हक हितका सवालमा संगठित भएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।






Discussion about this post