• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्ड माविमा पढाइ उत्सव

Ramsharan Nepali by Ramsharan Nepali
November 30, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१५ मंसिर । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विद्यार्थीलाई विभिन्न माध्यमवाट विषय बस्तुका बारेमा जानकारी दिने उदेस्यले विभिन्न विषयसँग सम्वन्धित पढाईको कला प्रस्फुटन गराउनका लागि पढाई उत्सवको आयोजना गरेको छ ।

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाली , अङ्ग्रेजी र संस्कृत भाषामा प्रस्तुति पुस्तक समीक्षा, कविता वाचन , कथा वाचन , जीवनी वाचन , निबन्ध वाचन, गजल गायन , समाचार वाचन , बधाई पत्र वाचन , शुभकामना पत्र वाचन , सूचना वाचन , विज्ञापन वाचन , संस्कृत श्लोक वाचन , संवाद वाचन , श्रीस्वस्थानी व्रतकथा वाचन , नियात्रा वाचन , भाषिक खेल लगायतका लगभग चार दर्जनका विषयमा प्रस्तुति रहेको थियो ।

अभिभावक , विद्यालय व्यवस्थापन पक्ष , शिक्षक एवं विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा प्रधानाध्यापक याम बहादुर रोकाले विद्यालयले विद्यार्थीको अतिरिक्त क्षमता विकासका लागि प्रयास गरिरहेको र पठन संस्कृतिको विकासका लागि प्रयत्नरत रहेको बताएका थिए ।

सोही अवसरमा शैक्षिक प्रमुख सञ्जीव थापाले विद्यार्थीहरूमा रचनात्मकता र समीक्षात्मक चिन्तन बढ्दै गएको धारणा राखेका थिए भने पुस्तक समीक्षालाई अझै विकास गर्दै स्थापित लेखकहरूसँग सहकार्य गरेर विद्यालयमा प्राज्ञिक वातावरण निर्माण गर्ने भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले विद्यार्थीका प्रस्तुति सुन्दर र शक्तिशाली रहेको , छात्राहरूमा रचनात्मकता धेरै भएको , विज्ञान तथा प्रविधिको प्रयोगमा विद्यार्थीहरू अब्बल रहेको , भाषिक स्पष्टता र कलात्मक प्रयोग गर्न सफल रहेको , विद्यालयले शुक्रवारलाई बुक फ्रि पद्धतिमा लैजान प्रयास गर्ने र भविष्यमा यो कार्यक्रमलाई अझै व्यवस्थित बनाएर अघि लैजाने योजना सुनाएका थिए । कक्षा ७ की छात्रा सलिना बगालेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक तारानाथ पराजुली, आकृति पाण्डे र सृष्टि लामिछाने गरेको विद्यालयकी शिक्षीका सविता ढुगानाले जानकारी दिएकी छन् ।

 

Previous Post

लेखनाथ निर्माण व्यवसायी समितिद्धारा भवन निर्माण आचारसंहिता सम्बन्धी प्रशिक्षण

Next Post

चेतनशिल आदर्श युवा क्लवको १० औं अधिवेशन, अध्यक्षमा बिशाल गुरुङ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
चेतनशिल आदर्श युवा क्लवको १० औं अधिवेशन, अध्यक्षमा बिशाल गुरुङ

चेतनशिल आदर्श युवा क्लवको १० औं अधिवेशन, अध्यक्षमा बिशाल गुरुङ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?