• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ निर्माण व्यवसायी समितिद्धारा भवन निर्माण आचारसंहिता सम्बन्धी प्रशिक्षण

Ramsharan Nepali by Ramsharan Nepali
November 30, 2024
in समाचार, स्थानीय
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ मंसिर ।
लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

प्रशिक्षणको उद्घाटन गर्दै लेखनाथ निर्माण व्यवसायी समितिका संस्थापक अध्यक्ष किसान सिं गुरुङले भूकम्पपछि परिवर्तित अवस्थामा नयाँ बन्ने भवन तथा अन्य पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउन सरकारले देशभर आचारसंहिता लागू गरेको वताएका थिए ।

उनले विनाशकारी भूकम्पमा ध्वस्त भएका घर तथा संरचना भूकम्पप्रतिरोधी नभएकाले ठूलो क्षति भएको भन्दै सरकारले आचारसंहितालाई कडाइसाथ लागू गर्ने सरकारको लक्ष्य रहेको र यसलाई निर्माण व्यवसायीहरुको पनि लक्ष्य मानेर संस्थामा आबद्व ३३६ सदस्यलाई समेटेर अगाडि वढ्न अनुरोध गरेका थिए ।

कार्यक्रममा ईं अनिल ढुंगानाले भवन निर्माण, माटो परिक्षण, कुलो, नहर, पानी ट्याङ्की, बाटो, खोला, ताल तलैया लगायतको पछिल्लो पटक लागू भएका आचारसंहिताको विषयमा प्रशिक्षित गराएका थिए । नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता तथा यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अद्यावधिक गरिएको बताउँदै संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरूप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्ने बताएका थिए ।

उक्त अवसरमा सामाजिक सुरक्षा कोष गण्डकी प्रदेशका लेखा अधिकृत रमेश ढुंगेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा निर्माण व्यवसायी समितिका अध्यक्ष भिम बहादुर नेपालीले नयाँ समिति निर्वाचित भएको सय दिन पूरा गरेको अवस्थामा अधिवेशनको समयमा गरिएका अधिकांश प्रतिवद्दतालाई कार्यन्वयनको चरणमा लगिएको वताए ।

उनले व्यवसायीहरुको नविकरण गर्ने विषयमा सम्बन्धीत निकायसँग समन्वय गर्दै सहज बनाईएको, संस्थाको भवन निर्माणको लागि जग्गा खरिद गरिसकिएको र छिट्टै संस्थाको आफ्नै भवन निर्माण गरिने वताएका थिए । भवन निर्माणका लागि अनुमानित ३५ लाख लागत लाग्ने समेत बताएका थिए ।

यस्तै निवर्तमान अध्यक्ष प्रेम थापाले अग्रजहरुले शुरुवात गरेका योजनाहरुलाई पुर्णता दिंदै सम्पुर्ण व्यवसायीहरुको हितमा अघि वढ्ने कोशिसमा रहेको वताएका थिए भने पुर्वअध्यक्ष राम बहादुर गुरुङले निर्माण व्यवसायीहरुले भवन निर्माण गर्दा व्ववहारीक, जिवनोपयोगी एवं संहिताबमोजिमको होओस भन्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको वताएका थिए ।

संस्थाका अध्यक्ष भिम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष जीवन कुमार परियारले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बुद्धराज बस्यालले गरेका थिए ।

Previous Post

पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन

Next Post

डायमण्ड माविमा पढाइ उत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
डायमण्ड माविमा पढाइ उत्सव

डायमण्ड माविमा पढाइ उत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?