लेखनाथ, २१ असोज । महिलाहरु मात्र शेयर सदस्य रहेका पोखरा महानगरपालिका वडा नंं २६ संचालित शक्ति महिला कृषि सहकारी संस्थाले विविध कार्यक्रमका साथ आफनो पाँचौ साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाको उद्धघाटन गर्दै पोखरा महानगरपालिका सामाजिक महाशाखाकी संयोजक निर्मला पौडेलले सहकारीको एक जना शेयर सदस्यले ऋण लगेर समयमा सामा र ब्याज बुझाएन भने त्यसको प्रभाव सिङगो सहकारीमा पर्ने बताउँदै सहकारी संस्थाका सञ्चालकहरुले मात्र सहकारीको विषयमा जानकार भएर नहुने भन्दै शेयर सदस्यहरु पनि सहकारीका विषयमा समय समयमा जानकारी लिईरहनु पर्ने सुझाव राखेकी थिईन ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ की वडासदस्य बुद्धिकुमारी थापा मगरले साधारण सभा सदस्यहरुले नयाँ कुरा सिक्ने अवसरका रुपमा लिनुपर्ने बताउदै सहकारीको पदाधिकारी रोज्दा स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने जसले गर्दा सहकारी ठगी हुनुबाट सहकारी जोगिने उनको भनाई थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष मिनामाया श्रेष्ठले बोलीमा भन्दा बढि काममा तल्लीन हुनु पर्ने बताउँदै छरीएर रहेको पुँजीलाई एकितृत गरी सदस्यहरुको आधारभुत आवश्यकता पुरा गर्ने उद्देश्यले सहकारीले सद्भाव र व्यावसायिक एकता कायम हुने कुरामा जोड दिदै सहकारीको माध्यमबाट टोलमा कृषि उत्पादनको क्षेत्रमा लगानी गरी राज्यका विभिन्न सुविधा र सहुलियतको सदुपयोग गर्न आग्रह गरेकी थिईन ।
सोही अवसरमा जल्धारे वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विष्णु प्रसाद वराल, जनप्रिय बहुउदेस्य सहकारी सस्थाका उपाध्यक्ष खेम प्रसाद भण्डारी,खाष्टे मत्स्य तथा कृषि सहकारी सस्थाका सचिव नवराज ढुगाना,राष्ट्रिय सहकारी वैक तालचोक साखाकी प्रवन्धक पुर्णीमा पाठक,जनजागृती महिला वचत तथा ऋण सहकारी सस्थाकी कोषाध्यक्ष कल्पना भण्डारी,गुँदे वातावरण तथा मत्स्यपालन सहकारी संस्थाकी सदस्य सरस्वती ढुंगाना लगायतले सहकारीको मुल्य, मान्यता र शिद्धान्त अनुसार संचालन हुन सकेनन भने समस्या आउने धारणा राखेका थिए ।
संस्थाकी अध्यक्ष मिनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रभा कुमारी राजभाटले गरेकी थिईन भने स्वागत सदस्य आशा उदास र सात सिद्धान्त सदस्य सुरक्षा पौडेल भटराईले गरेकी थिईन ।
Discussion about this post