लेखनाथ, २४ असोज । पोखरा महानगरपालिका वडा नं २६÷२७ मा रहेका नेवारी समुदायको साझा सस्था अघौं पौवा नेवा खलः कास्कीले विजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि विहिवार सप्तमीका दिन अर्धौ पौवा नेवा खलः ले नेपालीहरुको माहान पर्व विजया दशमी,शुभ दिपावली,नेपाल संवत ११४५ ,छठ एवंम ल्होसार पर्वको अवसर पारेर सामुहिक रुपमा शुभकामना आदान प्रदान तथा भैरव मन्दिरमा वलि पुजा गरेको हो ।
कार्यक्रममा वोल्दै नेवा खलः कास्कीका महासचिव श्रीकृष्ण श्रेष्ठले नेपालको मौलीक सस्कृतीका रुपमा रहेका सस्कार र कलाको संरक्षण गर्नु हामी सवैको कर्तब्य भएकोले यसलाई जोगाई राख्नु पर्नेमा जोड दिएका थिए भने संचारकर्मी नवराज सापकोटा र गगन नेवा खलःका अध्यक्ष लिल वहादुर श्रेष्ठले नेपाल र नेपालीको सम्पती भनेकै यहाँको कला,सस्कार र सस्कृती भएकाले रहेको विचार राखेका थिए ।
सोही अवसरमा अघौं पौवा नेवा खलःका अध्यक्ष प्रकाशलाल श्रेष्ठले सम्पतीले सम्पती कमाउन होईन,सम्पतीले सन्ततीलाई असल शिक्षा,स्वास्थ्य,सस्कार र सस्कृती जोगाउने तर्फ अग्रसर गराउनु पर्ने सुझाव राखेको कार्यक्रमको संचालन अघौं पवौ मिसा पुचाका अध्यक्ष मिना श्रेष्ठ र स्वागत मन्तव्य अघौं पौवा नेवा खलःका सदस्य मिमकाजी श्रेष्ठले गरेका थिए ।
Discussion about this post