लेखनाथ, २१ असोज । पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको राईजिङ स्टार युथ क्लवले आफनो १३ औ साधारण सभामा २३औ दशै उत्सव मनाएको छ ।
क्लव स्थापना देखि हरेक वर्ष मनाउदै आइएको दशै उत्सवमा यस वर्ष पनि विभिन्न उमेर समुहका खेल, फुटवल प्रतियोगिता, नृत्य तथा सास्कृतिक कार्यक्रम,सन्मान र दशै चिट्टा कार्यक्रम राखिएको हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले युवाहरु देश विकासको मेरुदण्ड भएकाले उनिहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने वातावरण सृजना गरि सभ्य र समुन्नत समाज निर्माणको अभियानमा जुट्नका लागि अनुरोध गरेका थिए ।
क्लवका अध्यक्ष यम प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछानेले युवाहरुले वुवा आमाको कमाईमा रमाउने होईन आफैले कमाएर वुवा आमा पालन पोषण देखि समाजको विकासमा जोडिन आग्रह गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियान्ता गिभिना मगरलाई समाज परिवर्तनका लागि खेलेको भुमिको उच्च प्रशंसा गर्दै सम्मान गरिएको थियो भने विभिन्न आमा समुह तथा टोल विकासको सहभागितामा साँस्कृतीक कार्यक्रम सहित विभिन्न किसिमका खेलहरु प्रस्तुत गरिएको थियो ।
क्लवका सचिव अर्जुन सापकोटाले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक सन्तोष गुरुङ, रिठपानी सहकारीकी प्रवन्धक द्रोपती गुरुङ, कर्मचारी मञ्जु कंडेल र प्रदिप गुरुङ लगायतले दशै पर्वलाई सवैले हर्सोल्लास र रमाईलो गरेर मनाउनका लागि क्लवले सवै जनालाई एकै ठाउँमा जम्मा गरि दशै उत्सव मनाउदा समाजमा सकरात्मक सन्देस गएको विचार राखेका थिए ।
Discussion about this post