लेखनाथ ४ ,असोज । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले सामाजिक उत्तरदायीत्वलाई मध्यनजर राख्दै श्वास प्रश्वासका समस्याका वारेमा बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
पोखरा विश्वविद्यालयलले शिक्षण अस्पताल संचालन गरेपछि दोस्रो पटक आयोजना गरेको शिविरमा वेलायतबाट आएका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेको शिविरमा एक सय ३३ जनाले सेवा लिएका थिए ।
९० वर्षिय चाम बहादुर के.सीको स्वाथ्य परिक्षण गरेर सुरु भएको शिविरमा एक सय २१ जना विरामीहरुमा स्वास प्रश्वासको समस्या देखिएको अस्पतालका सुचना अधिकृत झलक शर्माले जानकारी दिएका छन् । शिविरमा अस्पतालका स्वास्थ्य प्रमुख डा. प्रकाश भटृराई लगायतको टिमले स्वास्थ्य परिक्षण गरेको थिए ।
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएपछि पहिलोपटक रुपा गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो भने दोश्रो पटक शुक्रबार विश्वविद्यालय परिसरमै शिविर सञ्चालन गरिएको हो । शिविरको आयोजनाबाट कास्की, तनहुँ र लमजुङका सर्वसाधारणहरुले लाभ लिएका छन ।
Discussion about this post