लेखनाथ, ४ असोज ।
पोखरा उद्योग वाणिज्य संघको नव निर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
पोउवा संघको हालै सम्पन्न ३५ औं अधिवेशनबाट निर्वाचित गोकर्ण कार्कीको अध्यक्षताको टिमलाई लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
श्रेष्ठले विगतदेखीकै परम्परालाई निरन्तरता दिंदै स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको वताउँदै यसले आपसी भाईचाराको सम्बन्धलाई अझै वृद्धि गराउने र सहकार्यको वातावरण सहज हुने विश्वास व्यक्त गरेका थिए ।
यस्तै संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेउवा संघले स्थापनाकालदेखी उद्योगी व्यवसायीको हितमा मात्र काम नगरी समग्र लेखनाथ क्षेत्रको विकासमा सक्रिय भुमिका खेलेको दावी गरे । उनले आगामी दिनहरुमा यो वा त्यो नभनी दुवै संघले व्यवसायीहरुको विषयमा साझा धारणाा बनाएर सहकार्य गर्दै अघि वढ्नुपर्ने वताएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवन कुमार प्रजापतीले समग्र पोखराको विकासका लागि मिलेर काम गर्नेप्रतिवद्दता व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघ विगतमा कतिपय मुद्धाहरुमा एक हुन नसकेका कारण समग्र पोखरेलीहलाई घाटा पुगेको स्मरण गर्दै अगामी दिनहरुमा समग्र पोखराको आर्थिक विकासको लागी र सम्मृद्ध पोखरा निर्माणको लागी साझा एजेण्डा लिएर महासंघसम्म पुग्दा पनि एक हुने प्रद्धिवद्धता व्यक्त गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र
धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
Discussion about this post