लेखनाथ, १५ भाद्र । आदिवासी समुदायमा सुचिकृत कुमाल जातीको संस्कृती झल्कने गरि पोखरा महानगरपालिका वडा नं २७ को रिठेपानीमा संग्रालय निर्माण गरिएको छ ।
कुमाल समुदायको कला, संस्कृती, भाषा र रितीरिवाजको बारेमा बुझन र हर्नका लागि सहज हुने गरि नेपाल कुमाल समाज कास्कीले पोखरा–२७ को कुमालगाँउमा करिव २५ लाखको लागतमा संग्राहलय निर्माण गरेको हो ।
संग्रालयको उद्घाटन गर्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा भएका विभिन्न जात जातीको काल र संस्कृतीको संरक्षण गर्नु राज्यको दायीत्व भएकाले हाम्रो मौलीक संस्कृतीको संरक्षण सगसगै पुस्ता हस्तान्त्रण गर्नु पर्ने आजको आवस्यकता रहेको वताएका थिए ।
विभिन्न जात जातीको सामुहिक एकताले नै नेपाल राज्य चल्दै आएकाले यसलाई जिवन्त दिनका लागि जाती विशेष भन्दा पनि भाषा, कला र संस्कृतीको संरक्षणलाई सवै जात जातीले पहल गर्नु पर्ने सुझाव राखेका थिए ।
नेपाल कुमाल समाज कास्कीका अध्यक्ष चेत बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कुमाल समाजकी केन्द्रिय उपाध्यक्ष श्रुती कुमाल, पोखरा महनागरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, केन्द्रिय उपाध्यक्ष मानेन्द्र कुमाल, वडा नं २७ का वडासदस्य जितेन्द्र क्षेत्री र वुद्धिमाया थापा मगर, राईजिङ स्टार क्लवका अध्यक्ष यम गुरुङ लगायतले कुमाल समुदायको सस्कृतीलाई जोगाई राख्नु हामी सवैको काम र कर्तब्य भएको भनाई राखेका थिए ।
नेपाल कुमाल समाज कास्कीका सचिव टोप बहादुर कुमालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष बलभद्र कुमालले गरेका थिए ।
Discussion about this post