• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

Ramsharan Nepali by Ramsharan Nepali
September 1, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१५ भदौं । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

१७ औं पुस्तकालय दिवसका अवसरमा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका रहेर आयोजना गरिएको प्रतियोगितामा लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका २९ जना विद्यार्थीहरुको सहभागी रहेको थियो ।

प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरेकी थिईन भने जनप्रकाश मा विकी अनुसा काफ्ले दोस्रो डायमण्डकै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल गरिन् । चतुर्थ र पाचौं स्थानमा क्रमशः गोगन माविकी सुजाता पौडेल र रिलायन्स पब्लिककी दीपशिका क्षेत्री विजयी बने ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पठन संस्कृतिको विकास गर्नको लागि पुस्तकालय दिवसले प्रोत्साहित गरिरहेको वताए ।

दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल निर्णायक रहेको कार्यक्रममा वक्ताहरुले पठन संस्कृति जगाइ राख्नुपर्नेमा जोड दिएका थिए ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक विष्णुहरि पौडेलले गरेका थिए ।

विजयी विद्यार्थीहरुलाई पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडासदस्य निर्मला पौडेल, पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

पोखरा –२७ मा तीज उत्सव सम्पन्न

Next Post

गगन नेवाः खलको तायमचा नृत्य प्रतियोगिता सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गगन नेवाः खलको तायमचा नृत्य प्रतियोगिता सम्पन्न

गगन नेवाः खलको तायमचा नृत्य प्रतियोगिता सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?