लेखनाथ, १४ भाद्र । पोखरा महानगरपालिका वडा नं २७ ले आफनो वडा भित्र रहेका आमा समुह तथा टोल विकास सस्थालाई एकै ठाउमा जम्मा गरि तीज उत्सव मनाएको छ ।
महिलाहरुको माहान पर्व हरितालिका तीजको अवसर पारेर सस्कृतीको संरक्षण र सामाजिक जनचेतना फैलाउने उद्धेश्यले अन्तर महिला समुह तीज गीत प्रतियोगिताको समेत आयोजना गरेर तीज उत्सव मनाएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिककी उप–प्रमुख मञ्जुदेवि गुरुङले संस्कृती हराए सस्कार हराउँछ र संस्कार हराए मानवीय सभ्यता नै हराउने भएकाले आफनो कला र संस्कृतीको संरक्षण गर्नका लागि यस प्रकारका कार्यक्रम फलदायी हुने विश्वास दिलाएकी थिईन । साथै उनले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई स्वदेशमा नै वस्नु पर्छ भन्ने सन्देश अव आमाहरुले दिनुपर्ने सुझाव राखेकी थिईन ।
वडा नं २७ का अध्यक्ष पुर्णकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्तव्य वडा सदस्य जितेन्द्र क्षेत्रीले गरेका थिए भने वडा सदस्य द्धय तथा कार्यक्रम संयोजक बुद्धिकुमारी थापा मगर र लक्ष्मी विकले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।
वडा भित्र रहेका बिभिन्न २३ वटा आमा तथा टोल विकास संस्थाले सहभागीता जनाएको प्रतियोगितामा शिरोमणी ज्यामिरकुना समुह प्रथम भएको छ भने नर्वदा स्मृती आमा समुह द्धितिय, बनकुना टोल विकास संस्था तृतिय र हरियाली टोल बिकास संस्था र अर्चले बाह्रघरे आमा समुहले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
प्रतियोगितामा प्रथमलाई २० हजार, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार र सान्त्वना २ समुहलाई ५÷५ हजार साथै उत्कृष्ट नृत्य तर्फ लक्ष्मी आमा समुहलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको निर्णायक मण्डलकी संयोजक ईन्दिरा न्यौपानेले जानकारी दिएकी छन् ।
Discussion about this post