लेखनाथ, १३ भदौ । कास्कीको पोखरा महनगरपालिका वडा नं १३ र २६ लाई जोड्ने राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको साँघुको मुख देखि सिलिङ्गे सम्मको वाटो शिलान्यास गरिएको छ ।
पोखरालाई जोड्ने वैकल्पीक बाटोको रुपमा वि स २०४९ सालमा निर्माण गरिएको वाटोेको स्तरोन्नती गर्नका लागि विहिवार पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरेका हुन् ।
राष्ट्रिय गौरवको योजना अन्तरगत विनियोजित रकमको टेण्डर प्रक्रियाबाट हुन आएको तिन करोड १२ लाखको लागतमा करिव एक हजार एक सय १० मिटर लम्वाई र नाला सहितको ११ मीटर चौडाईको वाटो एक वर्षको समयावधि वा आगामी २०८२ को साउन ९ गते भित्र निर्माण कार्य सम्पन्न हुने भएको हो ।
बाटो शिलान्यास समारोहमा वोल्दै वडाअध्यक्ष थापाले समग्र वडाको विकासका लागि राजनिती भन्दा माथी उठेर हाम्रो वडालाई राम्रो वडा वनाउने अभियानमा सवैसँग हालेमालो गरेर अगाडी वढ्ने धारणा राख्दै यस क्षेत्रको विकासका लागी आफुले महानगर, प्रदेश हुदै केन्द्रिय तहमा समेत लभिङ गरेर वजेट ल्याउन सफल भएकाले ठाउँ विशेषका आधारमा क्रमश: काम हुदै जाने विश्वास दिलाएका थिए ।
सोही अवसरमा निर्माण कम्पनीको तर्फबाट आई डी कन्ट्रक्सनका प्रमुख ध्रुुवबाबु भट्टराईले यहाँ रहेका स्थानियवासी, सरोकारवाला वडा कार्यालय र स्वयम निर्माण कम्पनीका विच सहकार्य हुन सकेमा निर्धारीत समय भन्दा तीन महिना अगावै काम सम्पन्न गर्न सकिने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष भानुभत्त सिग्देल, स्थानिय ईश्वरी प्रसाद अधिकारी र प्राविधिक सुमन पराजुली लगाएतले ईष्टमेटमा भए अनुसारको काम गर्नका लागि सवैको साथ र सहयोगको आवस्यकता औल्याएका थिए ।
Discussion about this post