लेखनाथ,भदौ ३ । नेपाल निर्माण उद्योग परिषद गण्डकी प्रदेशको तेस्रो साधारण सभा एबम दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि आनन्द बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समिति उपाध्यक्षमा किरण गौतम,सचिबमा दामोदर घिमिरे,सह–सचिबमा ऋषि गौतम, कोषाध्यक्षमा धिरजकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा पूर्ण बहादुर बानिया रहेका छन् भने समितिको सदस्यहरुमा सदस्यहरू भूमिचन्द्र घिमिरे,बाबुराम तिमिल्सिना,कृष्ण ढकाल,अनिता अर्याल, दुर्गामान गुरुङ,सुरेश कुमार छेत्री,सरोज पौलेल,सन्दीप खड्का,लोकेन्द्र के सी ,चिरिन्जिबि जिसि र कुलमान ठोडा रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका गण्डकी प्रदेश ईन्चार्ज किरण गुरुङले निर्माण ब्यवसायिले बनाउने जुन सुकै संरचना राज्यले तोकेको मापदण्ड पुरा गरि नाफा कमाउनका लागि मात्र नभई गुनासो नआउने गरि मजभुत निर्माणलाई प्रथामिकतामा राख्नु पर्ने वताएका थिए ।
नेपाल निर्माण उद्योग परिषद गण्डकी प्रदेशका अध्यक्ष आनन्द वरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण उद्योग परिषदका केन्द्रिय सल्लाहकार ओम प्रसाद गौचन,नेपाल निर्माण उद्योग परिषद केन्द्रका केन्द्रीय बरिष्ट उपाध्यक्ष चिरिन्जिबि पोखरेल,केन्द्रीय उपाध्यक्ष ऋषिराम गौतम,केन्द्रीय सदस्य कृष्ण लम्साल र केन्द्रीय सल्हाकार एबम नेपाल निर्माण उद्योग परिषद कास्की जिल्लाका इंचार्ज सूर्य नारायण बराल र नेपाल निर्माण उद्योग परिषद गण्डकी प्रदेशका सल्लाहकार सञ्जिव बहादुर कोईराला लगाएतले आ आफनो धारणा राखेका थिए ।
Discussion about this post