लेखनाथ, भदौ ८ । स्थानिय स्तरमा सामाजिक जनचेतना फैलाउदै अगाडी वढेको पोखरा २६ मा रहेको सनराइज क्लवको १४ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि सुर्यनाथ न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा सन्तोष पौडेल, सचिवमा विनोद कार्की, सह–सचिवमा नविन कार्की र कोषाध्यक्षमा ईश्वरी कुमारी जिसी रहेकी छन् भने समितिको सदस्यहरुमा राजु गुरुङ, रमेश जिसी, ओमवहादुर राना, तिलक जिसी, अनिल पुन र सुकराम विक रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले पद, प्रतिष्ठा र कार्यक्षमता केहि समयको लागि मात्र हो तर त्यसको मुल्याङकन जिवन्त गरिने भएकाले आफु जहाँ जुन जिम्मेवारी लिएर वसिन्छ त्यो समयमा राम्रो र उदाहरणी काम गरेर देखाउन अनुरोध गर्दै विकासका लागि राजनिती भन्दा माथी उठेर सामुहिक हितका सवालमा काम गर्न आग्रह गरेका थिए ।
सनराइज क्लवका अध्यक्ष डुलु पुनको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व जिल्ला न्यायधिस वासुदेव न्यौपाने, पोखरा महानगरपालिकाका वडा नं २६ का पुर्व वडासदस्य रामकृष्ण जिसी, सुन्दरी वजार टोल विकास सस्थाका अध्यक्ष रमेश जिसी, क्लवका सस्थापक अध्यक्ष कर्ण वहादुर जिसी, क्लवका सल्लाहाकार खेम गुरुङ, निर्वाचन समितिका संयोजक रविन्द्रमोहन अधिकारी लगायतले क्लवले युवा लक्षित कार्यक्रम मार्फत सामाजिक जनचेतना फैलाउने काम गरेर समाज रुपान्तरणका लागि उदाहरणी काम गरेर देखाउनु पर्ने सुझाव राखेका थिए ।
क्लवका सचिव बिनोद कार्कीले संचालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य हरिप्रया पौडेलले स्वागत मन्तव्य राखेकी थिईन ।
Discussion about this post