भिमपाणि बराल
लेखनाथ, ८ भदौ । गाउँ घरमा पुजा पाठ होस वा कुनै धार्मीक कार्यमा भजन गाउँदा गाउँदै समितिको आवश्यकता खड्किएर वि स २०५८ सालमा स्थापना भएको पोखरा २६ को लोक सास्कृतीक संरक्षण समितिले युवा पुस्तालाई संस्कृती हस्तान्त्रण गर्ने अभियान चलाउने भएको छ ।
बुढा पाकाले गाउँ घरमा खैजेरी मुजुराको तालमा गाउने भजनलाई युवाहरुलाई पनि सिकाउनु पर्छ भन्दै समितिले धर्म र संस्कृतीको रक्षाका लागि तालिम कक्षा संचालन गरि युवाहरुलाई सिप हस्तान्त्रण गर्नु पर्ने शनिवार लेखनाथमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका हुन् ।
पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा रहेको लोक सास्कृतीक संरक्षण समितिको १३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा वोल्ने अधिकांश वक्ताले नेपाल र नेपालीको मौलीक चिनारी भनेकै यहाँको मौलीक सस्कृती भएकाले जुन सुकै धर्मले पनि आफनो आफनो संस्कृती जोगाउन सकेन भने देश संकटमा पर्ने चिन्ता जाहेर गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले लोक संस्कृती संरक्षण समितिले स्थानिय स्तरमा जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गरि बृद्ध बृदाका लागि दिउसो समय कटउन सहज गरि दिएकाले यस प्रकारको काम राज्यले गर्नु पर्ने हो तर सस्थाले राज्यलाई सहयोग पुग्ने गरि काम गरेकाले वडाको तर्फबाट सहकार्य हुदै आएको र आगामी दिनमा सहयोग जारी रहने प्रतिवद्धता जाहेर गरेका थिए ।
लोक सांस्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा प्राईम कमर्शीयल वैक बुढिवजार शाखा प्रमुख लक्ष्मण कुवँर, लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धुर्बवावु भटराई, उज्जवल आमा समुहकी सस्थापक अध्यक्ष सरस्वती वराल, रामज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल वहादुर थापा र जनप्रिय सहकारी सस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारी लगायतले जेष्ठ नागरिक जिउँदो ईतिहास भएकाले उहाँहरुको अनुभवलाई सवैले अनुसरण गर्नु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा सस्थाले ८४ वर्ष उमेर काटेर १६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।
यसैबिच शनिवार नै सम्पन्न नवौं अधिवेशनले आगामी तिन वर्षिय कार्यकालका लागी पुन: जगन्नाथ तिमिल्सीनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बसन्त वञ्जरा, सचिवमा कृष्ण प्रसाद अधिकारी, सह–सचिवमा राजु वराल, कोषाध्यक्षमा रामजी बराललाई चयन गरेको छ भने समितिको सदस्यहरुमा हरिभत्त अधिकारी, विष्णुप्रसाद वास्तोला, सुमित्रा वञ्जरा, सारदा वराल, मनोहरी वस्ताकोटी र नारायण प्रसाद पौडेललाई चयन गरेको छ ।
Discussion about this post