लेखनाथ, ५ भदौ । नागरिक परोपकार समन्वय संस्थाको पाचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित टिमलाई बुधवार एक कार्यक्रमका बिच पद तथा गोपनियताको सफथ गराईएको छ ।
सस्थाको तेस्रो अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि देवराज पन्थीको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । नव निर्वाचित अध्यक्ष पन्थीलाई निर्वाचन समितिका सदस्य अर्जुन ओझाले पद तथा गोपनियताको सफथ ग्रहण र निर्वतमान अध्यक्ष चिरञ्जिवी तिवारीले पदभार ग्रहण गराएका हुन् भने नवनिर्वाचित अध्यक्ष पन्थीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सफथ गराएका हुन् ।
नव गठित समितिको उपाध्यक्षमा सोमनाथ जमरकट्टेल (इन्द्रबिलास), सचिवमा शिवराज सुबेदि, कोषाध्यक्षमा बसन्तराज ढकाल, सह–सचिवमा सुशील लामिछाने र सदस्यमा रमा नेपाली, कृष्ण प्रसाद ओझा , भैरवलाल श्रेष्ठ, गबिन्द्र अधिकारी , भुवन श्रेष्ठ र बाबुराम पौडेल रहेका छन् ।
कोभिडका समयमा विपत ब्यवस्थापनमा सहयोग पु¥याउने उदेस्यले वि स २०७६ सालमा कोभोड रोगका कारण जनस्तरमा छाक टार्न समेत समस्या देखा परेपछि स्थानिय स्तरमा सहयोग संकलन गरि संकटमा परेकालाई खानाको ब्यवस्था गर्दै जादा सहयोग सस्थाको आवस्यकता खड्किए पछि विधिवत रुपमा वि स २०७७ भदौं १ गते नागरिक परोपकार समन्वय सस्था स्थापन गरिएको थियो ।
सफथ ग्रहण समारोहमा पोखरा महानगरपालिका वडा नं ३०का वडाअध्यक्ष तथा सस्थाका संरक्षक दुर्गा प्रसाद सुबेदी, नि. बर्तमान अध्यक्ष चिरञ्जीवी तिवारी संस्था परिकल्पनाकार तथा संस्थापक संरक्षक श्रीराम पोखरेले आपत विपतमा परेका देखि आर्थीक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उदेस्यले स्थापना भएको संस्थाले सामाजिक विकासका लागि विपत ब्यवस्थापन,सडक वालवालीका ,जेष्ठ नागरिक तथा सामाजिक क्षेत्रबाट पछि पारिएका वर्गको उत्थानका लागि सहयोग गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
Discussion about this post