लेखनाथ ५ , भदौ । दिन प्रतिदिन डेंगुका विरामी बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने गरि पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको जरुवा टोल विकास सस्थाले डेंगु सचेतना कार्यक्रम संचालन गरेको छ ।
मानिसको जिवनमा स्वास्थ्य सवैभन्दा महत्वपुर्ण भएकाले रोग लाग्नु पर्व नै रोग लाग्नै नदिनु नै उत्तम विकल्प भएको भन्दै सस्थाले आफनो टोलको क्षेत्राधिकार भित्र “खोज र नष्ट गर” अभियान अन्तरत लामखुटेको स्थायी वसोवास गर्न सक्ने र पानी जम्ने ठाउको खोजी गरि नष्ट गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
डेंगु रोगलाई कसैले पनि सामान्य नसम्झी आफनो घर वरपर पानी जम्ने ठाउको पुर्ण रुपमा नष्ट गर्ने डेंगुलाई सामान्य नसम्झी यसको रोकथामका लागि सवै टोलवासीहरु सजग र सर्तक रहनका लागि पनि अनुरोध गरिएको स्थानिय समाजसेवी शिवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
सस्थाकी अध्यक्ष जानुका सुवेदीको नेतृत्वमा निस्किएको समुहले चाडवाडको समयमा विरामी पर्न सकिने सम्भावनालाई मध्यनजर राख्दै सृजना बहिरा स्कुल देखि गडुवाखोला वरपर र श्री शिदेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गर्नु र रोकथामका उपायका वारेमा स्थानियहरुलाई जानकारी गराएको थिए ।
Discussion about this post