लेखनाथ,२ भदौ । लेखनाथ निर्माण व्यवसायी समितिको सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट निर्वाचित टिमलाई आईतवार एक कार्यक्रमका पदस्थापन गराईएको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधीकारीहरु एवम सदस्यहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता मदन प्रसाद तिवारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सपथग्रहण कार्यक्रममा आफ्नो प्रतिवद्दता मन्तब्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष भिम बहादुर नेपाली काइँलाले नेतृत्व चयनको अवस्थामा मत विभाजनको अवस्था आएता पनि सबैलाई समेट्दै एक ढिक्का भएर संस्थाको उन्नयन र विकासका लागि सहकार्य र सहमतीका आधारमा अगाडी वढ्ने बताएका थिए । साथै उनले संस्थाको भवन निर्माण कार्यलाई जुनसुकै हालतमा पनि आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, संस्थाका वरिष्ठ सल्लाहकार कर्ण बहादुर सुनार, निवर्तमान अध्यक्ष प्रेम बहादुर थापा, संस्थापक अध्यक्ष किसान सिंह गुरुङ, पुर्वअध्यक्ष राम बहादुर गुरुङ, निवर्तमान उपाध्यक्ष भविन पुन, पत्रकार भिमपाणी बराल लगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
संस्थाको शुक्रबार सम्पन्न सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले भिम बहादुर नेपाली काईलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
नवनिर्वाचित समितीको बरिष्ठ उपाध्क्षमा जीवन कुमार परियार, उपाध्यक्षमा रविलाल सुवेदी, सचिवमा बुद्दराज बस्याल, सह–सचिवमा एक बहादुर नेपाली, कोषाध्यक्षमा तिलक बहादुर नेपाली, सदस्यहरुमा ज्ञानु खड्गी, किरण नेपाली, रामकृष्ण अधिकारी, गोरे पुन र सम बहादुर सार्की रहेका छन ।
Discussion about this post