लेखनाथ,भदौं २ । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापाले आफनो भाषा र संकृतीको रक्षाका लागि फुटेर होईन जुटेर अगाडी वढ्न आग्रह गर्दै वुवा आमाको पेन्सनमा बाच्ने प्रबृतीको अन्त्ये गरि हरेक युवालाई उत्पादनसँग जोडनका लागि एक ईकाइ एक उत्पादनको अवधारणाले अगाडी वढ्न सक्नु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा नेपाल मगर संघ कास्कीका सचिव लाल बहादुर रानाले मगर समुदायको जातीय अस्तीत्वका लागि पनि हिजो, आज र भोलीको आवधारणालाई आत्मसाथ गर्दै भावी पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउनका लागि ब्यवसायिक,स्वरोजगार र शौक्षीक विकासको क्षेत्रबाट अगाडी वढाउन अनुरोध गरेका थिए ।
नेपाल मगर संघ बुढीवजार ईकाइ समितिका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष यम बहादुर थापा मगर, पुर्व अध्यक्ष गणेश बहादुर आले,ईकाइ समितिका सल्लाहकार भोज बहादुर थापा र निर्वतमान उपाध्यक्ष भीम कुमारी सारु लगायतले आफनो भाषा र संस्कृतीको संरक्षणका लागि अरु कसैको मुख नताकी स्वयम हामीहरुले नै घर परिवारबाट यसको थालनी गर्न सक्नु पर्ने विचार राखेका थिए ।
मगर समुदायको मौलीक सस्कृतीको रुपमा रहेको कौडा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संचालन सचिव दल वहादुर मगरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमारी थापा मगरले गरेकी थिईन ।
Discussion about this post