• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा भिम `काईला´

Ramsharan Nepali by Ramsharan Nepali
August 17, 2024
in समाचार, स्थानीय
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा भिम बहादुर नेपाली `काईला´ चयन भएका छन । संस्थाकाे शुक्रबार सम्पन्न सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले काईलालाई अध्यक्षमा चयन गरेकाे हाे ।

समितिका अन्य पदहरुमा सर्वसम्मत सहमती भएपनि अध्यक्ष पदका लागि भने बरिष्ठ उपाध्यक्ष भिम बहादुर नेपाली काईला र उपाध्यक्ष भविन पुन दुवैजनाले आफ्नो उम्मेद्वारी कायम राखेपछि बेलुका मतदान प्रक्रिया शुरु भएकाे थियाे ।

नवनिर्वाचित समितीकाे बरिष्ठ उपाध्क्षमा जीवन कुमार परियार, उपाध्यक्षमा रविलाल सुवेदी, सचिवमा बुद्दराज बस्याल, सह-सचिवमा एक बहादुर नेपाली, काेषाध्यक्षमा तिलक बहादुर नेपाली, सदस्यहरुमा ज्ञानु खड्गी, किरण नेपाली, रामकृष्ण अधिकारी, गाेरे पुन र सम बहादुर सार्की रहेका छन ।

यस अघि उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले नगरपालिकाका इन्जिनियरहरुकै कारण आफ्नो पेसा संकटमा परेको गुनासो आएपछि यसबारे कार्यपालिका बैठकमा गम्भीरताका साथ कुरा उठाउने प्रतिबद्धता जनाए । उनले आफू र आफूमातहतका कन्सल्टेन्सीले काम नपाएकै भरमा निर्माण व्यवसायीलाई दुख दिन नपाइने उनको जोड छ ।

लेखनाथ उद्योग वाणिज्य अध्यक्ष विनोद श्रेष्ठले जहाँ श्रमको सम्मान हुँदैन त्यो ठाउँको विकास नहुने बताए । उनले संघ र निर्माण व्यवसायीबीचको सहकार्य अगाडि बढाउन आफूहरु तयार रहेको र महानगरपालिकका प्राविधिकहरुले गर्ने ढिलाइ नियतवश भएको हो भने सुधार गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष किसानसिं गुरुङ र निवर्तमान अध्यक्ष रामबहादुर गुरुङले चुनावको समयमा पदका लागि हानाथाप गर्ने तर काम गर्ने सवालमा निष्कृय बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

लेखनाथ निर्माण व्यवसायीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ कुटानीपिसानी व्यवसायी समितिका निवर्तमान अध्यक्ष टीकाराम सापकोटा, इको रेड ब्रिक्सका सञ्चालक भरतराज ओझा, लेखनाथ फर्निचर एसोसियसन अध्यक्ष रविन बिक, नागरिक परोपकार समन्वय संस्था अध्यक्ष चिरञ्जीवी तिवारी, दीपशिखा सामुदायिक पुस्तकालय अध्यक्ष कृष्णहरि भण्डारी, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगाना, दमौली निर्माण व्यवसायी समिति अध्यक्ष सागर थापा मगर, तनहुँ निर्माण व्यवसायी समिति अध्यक्ष तीर्थबहादुर मगर, स्वरोजगार निर्माण व्यवसायी समितिका अध्यक्ष रमेश सिके र लेखनाथ फेब्रिकेट्स एसोसिएसन अध्यक्ष एसपी ढुंगाना लगायतले नीतिगत भ्रष्टाचार हुने गरेकाले त्यसविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

संस्थाका ज्येष्ठ सदस्य ६९ वर्षीय देवीरमण लामिछाने र उत्कृष्ट बिमाकर्ता बिक्रम थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लेखनाथ निर्माण व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भीमबहादुर नेपाली (काइला) र सचिव जीवनकुमार परियारले हालसम्मका गतिविधि र आगामी कार्ययोजना सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Previous Post

आदर्श युवा क्लबको अध्यक्षमा पुन: गुरुङ

Next Post

पोखरामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
डेंगु संक्रमण: उच्च १० जिल्लाभित्र कास्की

पोखरामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?