लेखनाथ,२७ साउन । खेलकुदको क्षेत्रवाट अगाडी वढेको पोखरा महानगरपालिका वडा नं –२९ को भण्डारढिकमा रहेको आदर्श युवा क्लबको १३ औं अधिवेशनले आगामी कार्यकालका लागि पदम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत गर्ने प्रयास भए पनि बर्तमान अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष लक्ष्मण सुनारका विच भएको निर्वाचन प्रक्रियामा गुरुङ पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यता अन्य पदका लागि भने सर्वसम्मत भएको छ जसको उपाध्यक्षमा ओम प्रकाश गुरुङ,सचिवमा सन्तोष गुरुङ,सह सचिवमा उद्धव गिरी र कोषाध्यक्षमा विष्णु हमाल रहेका छन् भने समितिको सदस्यहरुमा राजीव भण्डारी,ओम प्रसाद कुमाल, कर्ण बहादुर गुरुङ, सञ्जिव पौडेल, कृष्ण कुमाल र विनोद गुरुङ रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले सस्थाका गतिविधीलाई चलायमान गराउदै समाज सुधारका लागि अझै वढि सक्रियता देखाउनु पर्नेमा जोड दिएका थिए ।
साथै उनले युवाहरु विदेश पलायन भईरहेको वर्तमान अवस्थामा उनीहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन क्लवहरुको विशेष भुमिका रहने वताए ।
क्लवका सस्थापक अध्यक्ष समेत रहेका निवर्तमान वडाध्यक्ष चेत बहादुर गुरुङले वि स २०४५ साल देखि फुटवल खेललाई प्रथामिकता दिदै आएको र क्लवले विगतमा विविध क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गराएका थिए ।
क्लवका उपाध्यक्ष लक्ष्मण सुनारले स्वागत गरेको कार्यक्रममा दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका उप महासचिव भरतराज ओझा र निर्वाचन संयोजक मदन तिवारी लगायतले क्लवले गरेका युवा लक्षित कार्यहरुको चर्चा गरेका थिए ।
क्लवका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ओमप्रकाश गुरुङले गरेका थिए ।
Discussion about this post