• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा–२६ को सार्वजनिक सुनुवाई सम्पन्न्

भौतिक विकासमा मात्र नभई मानविय संसाधनको विकासमा पनि वडाले जोड दिएको वडाध्यक्ष थापाको दावी

Ramsharan Nepali by Ramsharan Nepali
August 10, 2024
in समाचार, स्थानीय
0
0
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ साउन । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि पोखरा महानगरपालिका वडा नं २६ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०।८१ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०८१।८२ को योजना तथा कार्यक्रमको वडा नं २८ ले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष नरेन्द्र थापाले वडाको विकासको लागी भौतीक पुर्वाधारहरुको विकास मात्रै नभएर मानवीय संसाधनको विकास पनि महत्वपुर्ण भएको वताउँदै वडाले यसलाई प्राथमिकता दिएको र आगामी दिनका लागी पनि यसप्रकारका निति तथा कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन ।

यसै गरी वडाको कार्य प्रगतीका बारेमा वृत्त चित्र समेत प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक, बत्ती, सुरक्षा, स्वास्थ्य, शिक्षा, सार्वजनिक जग्गा सुरक्षा लगायतका विविध विषयमा जिज्ञासा राखेका थिए ।

नागरीकबाट प्रस्तुत जिज्ञासाका बारेमा स्पष्ट पार्दै वडा अध्यक्ष नरेन्द्र थापाले वडाको सार्वजनिक जग्गा, तालतलैया सम्पत्तिको संरक्षण गर्ने बताउँदै कुनै व्यक्तिको नाममा हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि वडावासीलाई सहयोग गर्न आग्रह गरे । थापाले वडाभित्र रहेको तालहरुमा सिमीत संस्था तथा व्यक्तीहरुले कब्जा जमाएर लाभ लिईरहेकोमा अब सम्पुण्र्ण अधिकार वडा मातहत ल्याएर तालको विकास एवं सौन्दर्यकरण गर्ने विषयमा वडा कार्यालय अगाडी बढेको वताएका थिए ।

वडाअध्यक्ष थापाले चालु आर्थिक वर्षदेखि डिजिटल मार्फत राजश्व संकलन गर्ने बताउँदै वडा कार्यालय निर्माणका लागि टेन्डर समेत भैसकेको जानकारी दिए । पोखरा २६ सिलिङ्गेमा नै अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नका लागि आफू प्रतिवद्ध रहेको बताउँदै यसका लागि निर्माण समिति गठन गरी कार्यलाई अगाडि बढाइने जानकारी दिए।

वडाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका वडावासी विनोद बावु वस्ताकोटीलाई साहसी युवाको रुपमा वडारत्न घोषणा गरि सम्मान गरिएको र उनको परिवारलाई नगद रु ५० हजार सहित कार्यक्रममा सम्मान गरिएको थियो ।

आफ्नो टोलमा सरसफाइ गर्न स्वयम टोलवासीको पनि जिम्मेवारी भएको बताउँदै चौपाया, कुकुर जस्ता जनावरहरु जथाभावी सडकमा नछोड्न पनि वडा अध्यक्ष थापाले आग्रह गरे । थापाले यस आर्थिक वर्षमा वडा भित्र रहेका आमा समूह, टोल विकास संस्था, युवा क्लब लगायतका सामाजिक संघ संस्थाहरुलाई अभिमुखिकरण गराएर मात्रै बजेट कार्यान्वयन गर्ने जानकारी दिए ।

वडाको विकासको लागी जनप्रतिनिधि, कर्मचारी र वडावासीहरु सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने वताउँदै सबैलाई एकजुट भएर लाग्न र विकासलाई राजनितिसँग नजोड्न वडाध्यक्ष थापाले आग्रह गरेका थिए । उनले गत आर्थिक वर्षमा भौतीक पुर्वाधारतर्फ वडाले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको पनि दावी गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका सूचना अधिकारी नवराज सापकोटाले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरु, वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्माणको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आ.ब.२०८०/०८१ मा वडा नं. २६ मा चौंतिस करोड सात लाख अट्ठास हजार कुल विनियोजि रकम भएको जानकारी दिए । वडास्तरीय योजना अन्तरगत आठ करोड एघार लाख अट्ठाइस हजार बजेट विनियोजन भएको र वडाबाट चालु र पुँजिगत समेत गरी ७८ प्रतिशत भुक्तानी भएको सापकोटाले बताए ।

यसै गरी महानगरस्तरिय बहुबर्षिय ठेक्कामा गएको योजना र बजेट अन्तरगत १६ करोड ५१ लाख रहेको बताउँदै सापकोटाले बुढीबजार देखि खराने, राखीडाँडा हुँदै सुर्के मैदान सम्मको बाटोलाई ११ करोड १७ लाख बजेट विनियोजित भएको बताए । त्यस्तै गरी प्रदेश सरकारबाट विनियोजित भएको बजेट चार करोड सत्तरी लाख बजेटको योजनाहरु उपभोक्त समिति मार्फत सम्पन्न भएको जानकारी दिइएको थियो ।

वडास्तरिय बजेट खर्च प्रस्तुत गर्दै सापकोटाले पूर्वाधार बिकास ( पूँजिगत) तर्फ कुल विनियोजन भएको रकम ७ करोड सच्चालिस लाख अठ्चालिस हजार मध्ये पाँच करोड बाउन्न लाख दश हजार २६३ खर्च भएको भएको जानकारी दिए । यसै गरी कार्यक्रम तर्फ विनियोजन भएको ६३ लाख ८० हजार मध्ये पचार लाख सत्र हजार तीन सय पचहत्तर खर्च भएको जानकारी गराइएको थियो भने २ करोड ९ लाख ३६२ मौजदात रहेको जानकारी गराइएको थियो ।

यसै गरी वडा कार्यालयबाट भएका कार्य प्रगती अन्तरगत ३ हजार ७० मिटर सडक ढलान सम्पन्न भएको, २ हजार ९ सय ८७ मिटर सडक कालोपत्रे भएको, १ हजार २ सय ९ मिटर नालना निर्माण कार्य सम्पन्न भएको, २ हजार २ सय ६९ मिटर कच्ची ट्रयाक निर्माण भएको जानकारी दिइएको हो । यसै गरी ७ सय मिटर सडक ग्राभेल भएको, ३ सय १३ मिटर सिंचाई कुलो निर्माण भएको, ८ वटा कल्भर्ट निर्माण भएको, १२ वटा सार्वजनिक एवम् संस्थागत भवन निर्माण तथा मर्मत भएको सो अवसरमा बताइएको हो ।

सामाजिक सुरक्षा तर्फ ४ करोड ५७ लाख २८ हजार १७० खर्च भएको जानकारी दिइयो । यसै गरी वडा भित्र जेष्ठ नागरिक संख्या ७०९, जेष्ठ दलित संख्या ७४, एकल महिला संख्या ८८, पूर्ण अपाङ्ग संख्या ३२, आशिंक अपाङ्ग ३३, दलित बालबालिका ९७ रहेको बताइएको थियो । यसै गरी गत आर्थिक वर्ष असरा मसान्त सम्म विभिन्न शीर्षकबाट २ करोड ३७ लाख १५ हजार ४२२ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको हो ।

गत आर्थिक वर्षमा वडामा सामाजिक बिकास तर्फ महिला सिप विकास, उद्घोषण तालिम, महिला सचेतना कार्यक्रम, क्षमता विकास तालिम कार्यक्रम, विभिन्न स्वरोजगारमुलक तालिमहरु सञ्चालन गरिएको थियो भने कृषितर्फ यान्त्रिक उपकरणहरु वितरण, मौरी घार वितरण,थोपा सिंचाई, ५० प्रतिशत अनुदानमा विभिन्न बालिहरुका उन्नत बिउ बिजन बितरण, माटो परिक्षण शिविर सञ्चालन, माछाका भुरा बितरण, पूर्ण पशु खोप कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन ।

वडामा स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक आरोग्य कार्यक्रम, स्वास्थ्य आमा समुह सुदृढिकरण तथा अभिमुखिकरण कार्यक्रम, वडाभित्रका निजि तथा सामुदायिक विद्यालयहरुमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य चौकीलाई आवश्यक सामग्री सहयोग, विपन्न वर्गलाई वडाको शिफारिसमा निशुल्क उपचारको व्यवस्था, स्वास्थ्य बिमाको प्रभावकारी बनाउन पहल र परिवार नियोजन घुम्ती कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको थियो ।

कार्यक्रममा वडाभित्रबाट बिभिन्न चरणमा माग भई आएको योजना संकलनका लागी योजना बैंकको स्थापना गरिएको छ भने यसरी संकलन भएका योजनाहरुलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्दै जाने लक्ष्य वडाले लिएको छ । यसबाट गत आर्थिक वर्षमा ३४० योजना संकलन भएको र चालु आर्थिक वर्षमा १७६ योजना संकलन भएको उक्त, अवसरमा जानकारी दिईएको छ ।

यस्तै वडाभित्र शिक्षातर्फ वडाअध्यक्षसँग बालबालिका कार्यक्रम, गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पढ्दै कमाउँदै कार्यक्रम, छात्रवृति प्रदान, वडा बाल सञ्जाल गठन, निशुल्क पाठयपुस्तक वितरण, भारतीय राजदुतावासमार्फत उपलब्ध बस वडाभित्रका २ विद्यालयहरुलाई प्रदान लगायतका कार्यक्रमहरुको सम्पन्न भएका छन ।

उक्त अवसरमा पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु, समाजीक विकासतर्फका उल्लेख्य कार्यक्रमहरु, वढाको सेवालाई चुस्त दुरुस्त बनाउन एकद्धार प्रणाली मार्फत सेवा प्रवाह, नागरिक वडापत्र, गुनासो पेटीकाको व्यवस्था जनप्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी दिईएको थियो । कार्यक्रमको सहजीकरण तथा सञ्चालन पत्रकार प्रकाश ढकालले गरेका थिए ।

Previous Post

लिटल फ्लावर स्कुलद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

Next Post

आदर्श युवा क्लबको अध्यक्षमा पुन: गुरुङ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आदर्श युवा क्लबको अध्यक्षमा पुन: गुरुङ

आदर्श युवा क्लबको अध्यक्षमा पुन: गुरुङ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?