लेखनाथ, २१ साउन । लायन्स क्लव अफ पोखरा लेखनाथले महिलाहरुको क्षमता तथा नेतृत्व विकासमा सहयोग पुग्ने गरि १८ वर्ष देखि ७८ वर्ष उमेर समुहका महिलाहरुलाई एकै ठाउमा राखेर सकरात्मक सोच तथा उद्घोषण कला तालिम प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २७ मा रहेको कुमाल समाज भवनमा तीन दिनसम्म चलेको तालिममा नातिनीको उमेर समुहकी १८ वर्षया कामना कुमाल देखि हजुर आमा उमेर समुहकी ७८ वर्षकी अग्नीमाया देवकोटा सहित ४० जना महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।
लायन्स अन्तराष्ट्रिय ३२५ जे का गर्भनल मिलन थापाको खुसी वाढौं भन्ने थिम अन्तरगत महिलासँग लायन्स अभियानलाई सहयोग पुग्ने गरि राखिएको तालिममा पत्रकार शुस्मा पौडेलले सकरात्मक सोचले मात्र मानिसले क्षमता अभिबृद्धी र समाजमा नेतृत्व लिन सक्ने वारेमा प्रशिक्षण गराएकी थिईन ।
समापन कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले समाज परिवर्तनका लागि सामाजिक संघ सस्था र स्थानिय सरकारका विच समोन्वय गरेर विक्रिती र विसंगतीको अन्त्ये गर्न सक्ने हो भने यहाँ तालिम लिएका महिलाहरुले भोलीका दिनमा वडातह सम्ममा नेतृत्व लिन सक्ने सम्भावना औल्याएका थिए ।
लायन्स क्लव अफ पोखरा लेखनाथका अध्यक्ष अर्जुन भुजेलको अध्यक्षतामा भएको तालिममा लायन्स क्लवका रिजन चियर प्रसन मोहनराज आचार्य,लायन्स क्लव गण्डकी एरियाका कोषाध्यक्ष जयराम आचार्य,क्लवका पुर्व अध्यक्ष तथा पढाउ अभियानका चिफ घनश्याम ढुगाना,संचारकमी भिमपाणी बराल, लायन्स क्लव अफ पोखरा लेखनाथका सस्थापक अध्यक्ष हरि वस्ताकोटी,कार्यक्रम संयोजक चेत बहादुर कुमाल र क्लवका सचिव वेदनाथ सुवेदी लगाएतले तालिम तालिमका लागि मात्र नभई सिकेका कुरालाई घर परिवार र टोल छिमेकमा समेत सिकाउन सक्नु पर्नेमा जोड दिएका थिए ।
Discussion about this post