• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

पोखरा–३३ को शुक्लेश्वर धाममा महायज्ञ जारी

Lekhnath Khabar by Lekhnath Khabar
August 5, 2024
in धर्म संस्कृति, समाचार
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २१ साउन । पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा साउन १४ गतेदेखि संचालित श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सवमा दिन प्रतिदिन भत्तजनको उपस्थित बढ्दो क्रममा रहेको छ ।

साउन २४ गतेसम्म चल्ने वोलबम महोत्सको आठौं दिन सोमवार परेकाले अन्य दिनको तुलनामा करिव एक हजार पाँच सय भन्दा वढि भत्तजनको उपस्थित रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेस आचार्यले जानकारी दिएका छन्

साउनको महिना शिवको पुजा आरधान गर्ने महिना र आठौं दिन सोमवार भएकाले गत शनिवार कै हाराहारीमा भत्तजनको उपस्थितीले आयोजकलाई ब्यवस्थापन गर्ने हम्मे हम्मे परेको आचार्यको दावी रहेको छ ।

बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सवमा कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचनबाट धार्मीक ज्ञान सुन्न र हेर्न भत्तजनहरु आउने गरेको महोत्सवका प्रमुख सल्लाहकार केशर प्रसाद निर्दोशीको भनाई रहेको छ ।

श्रीमद्भागवत महापुराण एवंम सप्ताह ज्ञान महायज्ञको आठौ दिन सम्म आउदा करिव २५ लाख हाराहारीमा दान रकम संकलन भएको छ भने सोमवार मात्र करिव सात लाख ५३ हजार ७६ रुपियाँ संकलन भएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिएका छन् ।

बोलबम महोत्सवबाट संकलित रकमबाट मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माणका क्षेत्रमा खर्च गरिने छ भने सेती नदिको किनारमा रहेको शुक्लेश्वरधामलाई धार्मीक तिर्थस्थलका रुपमा विकास गराउदै धार्मीक पर्यटन भित्राउने लक्ष्य लिईएको छ ।

महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, बेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, ब्रतबन्ध, गुन्युुचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य गरिदै आईएको छ ।

स्थानीय समाजसेवीका अनुसार ऐतिहासिक महत्व र गरिमा बोकेको शुक्लेश्वर धामस्थित शिव मन्दिर २०१४ सालमा स्थापना भएको हो । मन्दिर बनेकै वर्ष बाढीका कारण भत्किएपछि हाल रहेको मन्दिर २०१५ सालमा स्थापना गरिएको हो ।

Previous Post

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

Next Post

लायन्स क्लवले दियो १८ देखि ७८ वर्षकालाई उद्घोषण तालिम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post

लायन्स क्लवले दियो १८ देखि ७८ वर्षकालाई उद्घोषण तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?