लेखनाथ, २५ साउन । लेखनाथ नेवाः खलकाे आव्ह्वान र गगन नेवाः खलः काे आयोजनामा लेखनाथमा साताैं लेखनाथ स्तरीय ताया:मचा नृत्य प्रतियाेगिता एवम गाईजात्रा महाेत्सव २०८१ हुने भएकाे छ ।
यहि भदाै १५ गते गते शनिबार आयोजना गरिने महाेत्सवमा कुमारी नृत्य, लेखनाथ स्तरीय ताया: मचा नृत्य, धिमे बाजा, राेपाई जात्रा, लाखे नाच, नेवारी नाच मुख्य आकर्षणकाे रुपमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईयाे ।
प्रतियाेगितामा प्रथम हुने समुहलाई नगद रु ४० हजार, द्वित्तीय हुने समुहलाई नगद रु ३० हजार, तृतीय हुने समुहलाई नगद रु २० हजार र सान्त्वना हुने समुहलाई नगद रु १० हजार साथमा मेडल र प्रमाण-पत्र प्रदान गरिने कार्यक्रमका संयाेजक एवम गगन नेवा खल:का अध्यक्ष लिल बहादुर श्रेष्ठले जानकारी दिए ।
प्रतियाेगितामा उत्कृष्ट परि, उत्कृष्ट जाेकर र उत्कृष्ट भेषभुषालाई नगद रु ३/३ हजार मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।
प्रतियाेगितामा आयोजक सहित ९ टिमकाे सहभागिता रहनेछ भने ४ हजार दर्शकले महाेत्सवकाे अवलाेकन गर्ने भने आयोजक ले दावी गरेकाे छ । कार्यक्रम सम्पन्न गर्न १५ लाख ५७ हजार ५ सय खर्च हुने अनुमान गरिएकाे संस्थाका सचिव शरण कुमार प्रधानले जानकारी दिए ।
कार्यक्रममा पाेखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्किले कार्यक्रमकाे सफलताकाे शुभकामना व्यक्त गर्दै वडाकाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।
Discussion about this post