लेखनाथ १९, साउन –
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको आदर्श हार्डवयरले आफ्नो स्थापनाको १३ औ वार्षिकोत्सब शनिवार शुभकामना आदान प्रदान गरेर सम्पन्न गरेको छ। शिवम सिमेन्ट लिमिटेडको प्रवर्द्धनमा आयोजित उक्त कार्यक्रममा हार्डवयर संचालक बिजय गुरुङले लेखनाथ पत्रकार मञ्चलाई नगद २५ हजार १३ रुपैयाँ प्रदान गरेका छन्।
आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ क्षेत्र भित्र विभिन्न कार्यक्रम हरु गर्दै आएकोमा यसपाली क्रियाशिल पत्रकारहरुको संस्था लेखनाथ पत्रकार मञ्चलाई सो रकम प्रदान गरेको गुरुङले जानकारी दिएका छन्।
कार्यक्रममा वोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले ब्यवसाय गर्दा नाफा घाटा लाई ध्यानमा राख्दै नाफाको केही अंश सामाजिक क्षेत्रमा पनि लगानी गर्न सके त्यसले समाजमा सकरात्मक प्रभाव पार्ने धारणा राखेका थिए ।
त्यस्तै लेखनाथ निर्माण व्यबसायी समितिका अध्यक्ष प्रेम थापा, लेखनाथ कुटानी पिसानी व्यबसायी समितिका पुर्व अध्यक्ष रामजी पौडेल लगायतले आफनो धारणा राखेको कार्यक्रमको सञ्चालन लेखनाथ हाडवर्यस एसोसियसनका महासचिव शिवराज अधिकारी गरेका थिए भने धन्यवाद ज्ञापन व्यबसायी विष्णु हमालले गरेका थिए ।
Discussion about this post