पोखरा, १४ साउन । सायद तपाई हामी आफु र आफन्तको जन्मदिनमा होटल तथा प्याटी प्यालेसमा गएर केक काटेर जन्मदिन मनाउने प्रचलनमा ब्यस्त देखिन्छौ तर यहाँ केकको साटो कटहर काटेर जन्मदिन मनाएको छ ।
साउनको महिना रुख कटहरको सिजन भएकाले पनि केकको सट्टामा कटहर भए जस्तै नेपालको परिवेसमा पाईने सिजन अनुसारको फलफुलको प्रयोग गरेर पनि जन्मदिन मनाउन सकिने दरिलो उदाहरण दिएका छन् लायन्स क्लव अफ पोखरा सिभिकका दितिय उपाध्यक्ष गणेश पराजुलीले ।
लायन्स क्लव अफ पोखरा सिभिकको नियमित वैठकमा पराजुलीको जन्मोत्सब परेकाले क्लवका अन्य साथीहरुले कटरको बन्दोवस्ता गरेर उनका सामु कटहर राखेपछि पराजुली पनि खुसी हुदै कटहर काटेर आफना साथीभाईलाई खुवाउदाको माहोल रोचक र समाजका लागि उदाहरणी समेत बनेको छ ।
क्लबका अध्यक्ष विकास प्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कलवका सचिव हरि प्रसाद अधिकारी क्लवका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, कलवका पूर्व अध्यक्ष युवराज खनालले केकको सट्टा कटहर काटेर जन्मोत्सव मनाउदा समाजका लागि सकरात्मक सन्देश गएको वताएका थिए ।
जन्मोत्सवलाई केही फरक गर्ने सोचले अध्यक्ष विकास प्रसाद कडेलले केक भन्दा कटर काटी कलवका उपाध्यक्ष गणेश पराजुलीलको जन्मोत्सव मनाउदा राम्रो भएको र पछिल्लो समय केक बनाउँदा वढी केमिकल ,रंग र गुलियो पदाथले स्वास्थ्यमा असर पर्ने भएकाले नयाँ विधी अपनाईएको अध्यक्ष कडेलले बताएका छन् ।
Discussion about this post