लेखनाथ १९, साउन
निर्माणको क्रममा रहेको तालचोक – बेगनास सडक विस्तारमा देखिएका समस्याका बारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यको सहभागितामा भएको छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवाद एक साताभित्र समाधान गर्ने समझदारी भएको छ ।
अहिले चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोकस्थित राइट अफवे भित्र रहेको पुरानो घर विस्थापन गर्नु र्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको पाइएको छ ।
समस्या समाधानमा लागि नगर प्रमुख आचार्य, दलका नेताद्वय दिवसमान प्रधानाङ्ग र राधिकाकुमारी शाही योगी, महानगर प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, पोखरा-३० का वडाध्यक्ष दुर्गा सुवेदी र पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कँडेल, योजनाका फोकल पर्सन इ.नवीन गौतमलगायत रहने गरी विवाद समाधान समिति गठन गरिएको छ ।
विश्व बैँकको सहयोगमा निर्माण भइरहेको आयोजना निर्माणमा ढिलाई हुँदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको छ ।
Discussion about this post