लेखनाथ, १२ साउन । कास्की नेत्रहिन संघको अग्रसरताका स्थापना गरिएको समदृष्टि वचत तथा ऋण सहकारी सस्थाको शनिवार सम्पन्न १३औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ समिति चयन गरेको छ ।
वि स २०६८ सालमा दृष्टि सम्वन्धि अपाङ्गता भएका ब्यक्तिहरु कै पहलमा स्थापना गरिएको सहकारीको सातौं अधिवेशनले लक्ष्मण सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा दण्डपाणि ढकाल,सचिवमा छविलाल आले,सह सचिवमा रीता के शी,कोषाध्यक्षमा शुसिल गोदार र सदस्यहरुमा पुष्पराज रिमाल,प्रमोद दाहाल ,सुस्मिता थापा र सुनिता ज्ञवालीलाई चयन गरेकोे हो ।
यसैगरि नवगठित समितको लेखा समिति संयोजकमा शिशिर खनाल र सदस्यहरुमा अमृत वराल र सानुमाया पौडेल रहेकी छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै एविनिय फाउण्डेसनका नेपाल प्रतिनिधी डा. विरेन्द्र भण्डारीले सहकारीले छरिएर रहेको पुजीलाई एकिकृत गरि आफना सेयर सदस्यको आय आर्जन बृद्धि हुने क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव दिएका थिए ।
कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष वेधराज कार्कीले शारिरिक रुपमा कमजोर भए पनि मनमा जोस र जागरका साथ आफुलाई कत्ती पनि कमजोर नसम्झी अपाङ्गता भएका समुहको हितका लागि स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय प्रवक्ता रमेश पोख्रेल,नेपाल नेत्रहिन संघका केन्द्रिय महासचिव शिशिर खनाल,राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण अधिकारी,निर्वाचन संयोजक लोचना अधिकारी,सदस्य विष्णु खनाल,कर अधिकृत विजय लामिछाने र आई एन एफका प्रतिनिधी दिपक न्यौपाने लगाएतले सहकारीका सात शिध्यान्तलाई आत्मसाथ गरेर अगाडी वढ्न सक्नु पर्नेमा जोड दिएका थिए ।







Discussion about this post