लेखनाथ, १२ साउन । पोखरा-३२ लामेआहालमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण सांस्कृतिक समूह, पोखरा ३२ ले यहि भाद्र १० गते राधाकृष्ण मन्दिर प्राङ्गणमा खुल्ला भजन चुड्का तथा झाँकी प्रदर्शन सहितको महोत्सव गर्न लागेको शनिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा राधाकृष्ण साँस्कृतिक समुहका अध्यक्ष सञ्जय राज ढकालले मौलीक संस्कृतिको संरक्षण एवम प्रवर्द्धनको लागि श्रीकृष्ण जन्माष्टमी महोत्सव गर्न लागिएको वताए ।
उनले महोत्सव नवौं संस्करणसम्म आइपुग्दा यसको महत्व झनै वढेर गएको र यसक्षेत्रकै उत्कृष्ट कार्यक्रमको रुपमा स्थापित हुन सफल भएको वताए ।
सबै जात जाती र समुदायलाई समेट्न महोत्सवमा झाँकी प्रदर्शनी अन्तर्गत लाखे, सोरठी, घाटु, मारुनी, नचरी जस्ता मौलीक साँस्कृतीक प्रस्तुतीहरु समावेश गरिने भएकोले सम्पुर्णले कार्यक्रमको अपनत्व ग्रहण गरेको अध्यक्ष ढकालले वताए ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको भजन चुड्का प्रतियोगितामा टोलिको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार द्वित्तिय हुनेलाई ४० हजार, तृतियलाई ३० हजार र सान्त्वनालाई १०र१० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र उत्कृष्ट गायनलाई पनि नगद ५र५ हजार प्रदान गरिनेछ ।
राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जय राज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधाकृष्ण वृद्धाश्रमका सह-अध्यक्ष गणेश बहादुर केसी, राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष भोलाप्रसाद भण्डारी, तल्लो गगनगौडा खानेपानी उपभोक्ता संस्थाका कोषाध्यक्ष बिमला कुमारी थापा बस्नेत लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सह-सचिव भरत थापा क्षेत्रीले गरेका थिए ।
Discussion about this post