साउन १, लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को माछापुच्छ्रे टोलमा करिव २५ रोपनी जग्गा भाडामा लिएर कृषि ब्यवसाय संचालन गर्दै आएका आस बहादुर गुरुङलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ ।
गुरुङले विगत पाँच वर्ष देखि जग्गा भाडामा लिएर केहीमा तरकारी र करिव १७ रोपनी जग्गामा पोखरा महानगरपालिका कृषि महाशाखाले सिफारिस गरेको चैत –५ धान लगाएकाले उनको कामको उच्च सम्मान गर्दै प्रति रोपनी ९ सयका दरले १५ हजार तिन सय रुपियाँ अनुदान प्रदान गरेको हो ।
पोखरा महानगरपालिकाले चैते धान लगाउने किसानहरुलाई प्रोत्साहन गराउनका लागि विउमा ५० प्रतिशत अनुदान र मल तथा खन जोतमा सहयोग पुग्ने गरि प्रति रोपनी नौ सयका दरले अनुदान दिन थाले पछि पोखरा महानगरपालिका वडा नं २६, २७, २९, ३० र ३२ का किसानहरुको चैतेधान तर्फ आर्कषण वढेको हो ।
गुरुङले मात्र होईन पोखरा २६ की उषा कुमारी गुरुङले पनि १२ रोपनी जग्गामा चैतेधान लगाएकाले उनलाई पनि प्रोत्साहन स्वरुपको रकम प्रदान गरिएको थियो ।
उषा र आस वहादुरलाई जस्तै साविक लेखनाथका विभिन्न फाँटहरुमा चैतेधान लगाएका करिव दुई सय २५ भन्दा वढि किसानहरुलाई महानगरपालिकाले अनुदानको रकम प्रदान गरेपछि किसानमा खुसियाली र खेती गर्ने हौसला वढेको कृषि सञ्जाल पोखरा २६ का संयोजक केशवराज ढुंगानाले वताएका छन् ।
एक वर्षमा दुईवटा धानको उत्पादन लिन पाईने र वर्खेधान भन्दा उत्पादन पनि वढि हुने भएकाले राज्य तहवाट यस प्रकारको सहयोग रहिरहने हो भने यहाँका फाटहरु खाली नै नरहने गरि चैते धानको खोती गर्न सकिने संयोजक ढुंगानाको दावी रहेको छ ।
किसान सम्मान कार्यक्रममा वोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई वढाउनका लागि विशेष गरि तरकारी,फलफुल र पशुपालनमा महानगरपालिकाले सहयोग गर्दै आएको हुदाँ यहाँहरुले पनि आयतलाई प्रतिस्थापित गर्ने गरि काम गरेर राष्ट्रिय उत्पादनलाई बढावा दिनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सरकारको तर्फबाट कृषिमा ठुलो लगानी भए पनि लगानी अनुसारको प्रतिफल पाउन नसकिएको वताएका थिए भने वडा नं १४ का वडाअध्यक्ष वोधराज कार्कीले वास्तविक किसानको पहिचान गरि उनिहरुलाई मल विउ देखि प्राविधीक सल्लाहको आवस्यकता रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले चैते –५ धान यो क्षेत्रको माटो र हावापानी सुहाउदो भएकाले सानो जग्गामा पनि थोरै मेहेनत गरेर धेरै उत्पादन लिन सकिने भएकाले किसानहरुलाई सम्भव हुने ठाउमा अनिवार्य रुपमा चैतेधान लगाउन आग्रह गरेका थिए ।
कृषि संजाल पोखरा २६ का सचिव ईश्वरराज भण्डारीले संचालन गरेको कार्यक्रमा सफल कृषक नरेन्द्र अधिकारी, कृष्ण थापा लगाएतले धान लगाउने आधुनिक विधी र नयाँ प्रविधीका बारेमा जानकारी नहुदा किसानहरुले लगाएको धान ढिलो पाकेर सोचे अनुसारको उत्पादन लिन नसकिएको गुनासो राखेका थिए ।







Discussion about this post