लेखनाथ ३१, असार । कास्कीको दोस्रो ठुलो वेगनासतालमा धार्मीक पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने गरि हरेक महिनाको पहिलो दिन बेगनासताल वराह महाआरती गरिदै आईएको छ ।
बेगनासताल घुम्न आउने आन्तरिक तथा वाहिय पर्यटनलाई यस क्षेत्रमा रहेका धार्मीक स्थलहरुको जानकारी गराउने एवंम धार्मीक पर्यटनको प्रबर्द्धनमा सहयोग पुग्ने गरि वि स २०७६ भदौ महिना देखि सुरु भएको महाआरती पाँच वर्ष पुरा गरि छैटौं वर्षमा प्रवेश गर्न लागेको हो ।
महाआरती अभियान छैटौं वर्षमा प्रवेश गर्न लागेको सुभ अवसरमा सवै बर्ग र समुदायलाई समेट्ने गरि कार्यक्रम संचालन गर्न लागिएको अभियानका संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।
हरेक महिनाको पहिलो दिन हुने महाआरतीमा भत्तजनको इच्छा अनुरुप करता वस्न पाईने ब्यवस्था मिलाईएको छ भने साँझ पख हुने आरती हेर्न कै लागि पनि मानिसहरु बेगनासताल आउन लागेको वताईएको छ ।
दिनमा डुंगा चढेर तालको परिक्रमा गर्दै खाजा पानीमा रमाउने र साँझ पख हुने बेगनासताल वराह महाआरती हेरेर घर फर्कने क्रम वढ्दै गएकाले पनि यस क्षेत्रमा पर्यटनका गतिविधीहरु विस्तारै वढन सक्ने विश्वास लिईएको संयोजक अधिकारी वताउछन् ।
बेगनासतालको मन्दरे पार्कमा हरेक महिनाको १ गते हुने महाआरतीले यस क्षेत्रमा रहेका वराह क्षेत्र, देउराली मन्दिर, गुरु गोरखनाथ लगाएतका धार्मीक क्षेत्रको प्रचार प्रसार देखि धार्मीक भावनाको महत्व दिन प्रतिदिन वढ्दै गएको स्थानिय कृष्ण प्रसाद ढुङ्गानाको भनाई रहेको छ ।
Discussion about this post