• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मत्स्य व्यवसायीहरुद्धारा बेगनासतालमा जलकुम्भी हटाउने अभियान शुरु

Ramsharan Nepali by Ramsharan Nepali
July 1, 2024
in समाचार, स्थानीय
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १७ असार । कास्की जिल्लाको दोस्रो पर्यटकिय गन्तब्य बेगनासतालमा जलकुम्भीको प्रकोप बढेर आफनो पेशा नै संकटमा पर्ने सम्भावना देखे पछि मत्स्य व्यवसायी समितिको प्रयासमा जलकुम्भी हटाउने अभियान शुरु गरिएको छ ।

तालको उत्तरी भागतर्फ पानीको मुख्य स्रोत भएको स्याङखुदी, लिब्दी, मलादी र कँडेलकुनाको भागमा जलकुम्भी फैलन थालेपछि माछा मारेर आफनो जिविकोपार्जन गर्दै आएका जलारी समुदायको साझा संस्था मत्स्य ब्यवसायि समितिका ५६ घर परिवारले दैनिक रुपमा जलकुम्भी फाल्ने अभियान संचालन गरेका हुन् ।

“वि.सं. २०५६/५७ साल देखि तालमा जलकुम्भी देखिन थालेपछि यहाँ रहेका अन्य सरोकारवाला र सरकारी निकायको समेत सहयोगमा जलकुम्भी फाल्दै आएपनि पछिल्लो समय तालको सौन्दर्य हराउने र आफ्नो पेशा समेत संकटमा पर्ने हो कि भन्ने चिन्ताले हामीहरुले प्रत्येक घरधुरीबाट जनश्रमदान गरि जलकुम्भी फाल्ने अभियान संचालन गरेका हौं” मत्स्य ब्यवसायि समितिका अध्यक्ष राजेन्द्र जलारी वताउँछन् ।

करिव तीन सय ७३ हेक्टर क्षेत्रफलमा फौलिएको तालको मुख्य पानीको स्रोत भएकोे ठाँउमा जलकुम्भी फैलन थालेपछि वि.स. २०५९ साल देखि सिड फाउण्डेसन कास्की, पर्यटन वोर्ड, स्थानिय सरकार र अन्य सरोकारवालको सहयोगमा बेगनासतालमा जलकुम्भी फाल्ने अभियान संचालन भएको थियो । पछिल्लो समय तालको माथील्लो भागबाट जलकुम्भी वग्दै आएपछि तालको स्वरुप नै विगार्ने र हामीहरुको पुर्खौंदेखिको माछा मार्ने पेशा समेत संकटमा पर्न थालेपछि उनीहरुले असारको १५ गते देखि दैनिक रुपमा ५६/५७ जनाको सहभागीतामा जलकुम्भी फाल्ने अभियान संचालन गरिएको अध्यक्ष राजेन्द जलारी वताए ।

ताल नै ढाक्ने गरि जलकुम्भी फैलन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायदेखि बेगनासतालको नाम बेचेर कमाइ गर्नेहरुको ध्यान नपुगेकाले यो ताल हाम्रो हो यसको संरक्षण हामीहरुले नै गर्नु पर्छ भन्दै प्रत्येक दिन जलारी समुदायको एकल प्रयासमा जलकुम्भी निकाल्दै तालको किनारामा फाल्दै आएको मत्स्य ब्यवसायी समितिकी सदस्य पार्वती जलारी वताउँछिन् ।

यसैविच ताल किनारको सयौं रोपनीमा जलकुम्भी फैलन थालेपछि तालमा घुम्न आउने पर्यटकले डुङगा चलाउन देखि जलारी समुदायले माछा मार्नका लागि प्रयोग गरेको जालमा समेत असर पुगेकाले जलकुम्भी फाल्नु पर्छ भनेर अभियान संचालन गरिएको मत्स्य ब्यवसायि समितिका निवर्तमान अध्यक्ष झलक जलारीको भनाई रहेको छ ।

उनका अनुसार विगतका वर्षहरुमा सामाजिक संघ सस्था र सरकारी निकायको सहयोग रहदै आए पनि पछिल्ला दिनहरुमा स्थानिय निकाय एवं संघ संस्थाहरुको सक्रियता नदेखीएकोमा असन्तुष्टि व्यक्त गरे । उनले ताल हामी सबैको साझा सम्पदा भएको र अबको २०/२५ दिनसम्म सञ्चालन हुने जलकुम्भी सफाई कार्यक्रममा सहभागी हुन सामाजीक संघ संस्था एवं समुदायलाई आब्ह्वान गरेका छन् ।

Previous Post

उपभोक्ताहरुको हित संरक्षण हुने गरी व्यवसाय गरौं : प्रमुख जिल्ला अधिकारी पाण्डे

Next Post

लेउवा संघको करदाता शिक्षा कार्यक्रम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक
मनोरञ्जन

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी
समाचार

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Next Post
लेउवा संघको करदाता शिक्षा कार्यक्रम

लेउवा संघको करदाता शिक्षा कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?