• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

उपभोक्ताहरुको हित संरक्षण हुने गरी व्यवसाय गरौं : प्रमुख जिल्ला अधिकारी पाण्डे

Ramsharan Nepali by Ramsharan Nepali
June 30, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ असार । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उपभोक्ताहरुको हित संरक्षण हुने गरी व्यवसायी सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन ।

लेखनाथ उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको परिचयात्मक तथा छलफल कार्यक्रममा प्रजिअ पाण्डेले व्यवसायीमैत्री वातावरण निर्माणका लागी शान्ती सुरक्षा कायम गर्ने जिम्मेवारी सँगै उपभोक्ताहरुको हित संरक्षण गर्ने दायीत्व समेत जिल्ला प्रशासन कार्यलयको भएको हुँदा कतिपय अवस्थामा व्यवसायीहरुसँग नमिठो अवस्था आउने भएकाले उपभोक्ताहरुको पनि हित संरक्षण हुने गरी व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरेका हुन ।

प्रजिअ पाण्डेले अहिले व्यवसायीहरु कोरोनाको महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण अप्ठ्यारो अवस्थामा रहेकाले आफुले पनि महशुुस गरेको वताउँदै व्यवसायीक मैत्री वातावरण तयार पार्न, पर्यटकीय क्षेत्रमा सहज वातावरण निर्माण गर्नको लागी सक्दो सहयोग गर्ने वताएका थिए । उनले त्यसबाहेक पनि बालश्रम न्यूनीकरण लगायतका अन्य सामाजीक मुद्धाहरुमा पनि व्यवसायीहरुबाट सल्लाह सुझावको अपेक्षा गरेको वताएका थिए ।

यस्तै ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख श्रीनाथ पौडेलले लेखनाथ क्षेत्रको समग्र विकासमा लेखनाथ उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको जगजाहेर रहेको वताउँदै विगतदेखी नै प्रशासनसँग राम्रो समन्वय गर्दै आएको आफुले अनुभुति गरेको वताएका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले अहिले व्यवसायीहरु प्रत्यक्ष मारमा परेको वताउँदै व्यवसायीहरुलाई परेका पिर मर्का र समस्याहरुलाई सहजीकरण गर्ने विषयमा र शान्ती सुरक्षा कायम गर्दै पर्यटकमैत्री वातावरण बनाउने विषयमा प्रशासनले उल्लेखनीय भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रको विकास र व्यवसायीक अप्ठ्यारोको विषयमा प्रशासनबाट सकारात्मक पहलकदमी मिल्ने आशाका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठले संघले व्यवसायीक उत्तरदायित्व सँगै आर्थिक एवं सामाजीक उत्तरदायीत्व पनि वहन गर्दै अगाडी वढेको र संघको हालको वर्तमान अवस्थाको विषयमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Previous Post

लेखनाथमा राष्ट्रिय परिचय पत्र बनाउन फर्कनु पर्ने अवस्था छैन

Next Post

मत्स्य व्यवसायीहरुद्धारा बेगनासतालमा जलकुम्भी हटाउने अभियान शुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
मत्स्य व्यवसायीहरुद्धारा बेगनासतालमा जलकुम्भी हटाउने अभियान शुरु

मत्स्य व्यवसायीहरुद्धारा बेगनासतालमा जलकुम्भी हटाउने अभियान शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?