• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा राष्ट्रिय परिचय पत्र बनाउन फर्कनु पर्ने अवस्था छैन

Ramsharan Nepali by Ramsharan Nepali
June 30, 2024
in समाचार, स्थानीय
0
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

कविराज खनाल

पोखरा, १४ असार । कास्कीका नागरिकलाई वर्तमान अवस्थामा राष्ट्रिय परिचय पत्र बनाउन फर्कनु पर्ने अवस्था नरहेको इलाका प्रशासन कार्यालय लेखनाथका कार्यालय प्रमुख श्रीनाथ पौडेलले बताउनु भएको छ ।

राज्यले दिने सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सुवधाका लागि अनिर्वाय रुपमा राष्ट्रिय परिचय पत्र आवश्यक भएकाले ज्येष्ठ नागरिक, अशक्त, एकल महिला परिचय पत्र बनाउन सहज र सरल रुपमा मैत्री पुर्ण सेवा दिएको बताउदै पौडेलले जिल्लाका जिल्ला प्रशासन कार्यालय पोखरा वडा नं. १, १७ र यसैगरी साविक लेखनाथ नगरपालिका इलाका प्रशासन कार्यालय वडा नंं. २७ वडा कार्यालय र स्थानीय तह रुपा गाउपालिका, मादी, अन्नपुर्ण र माछापुच्छ«े गाउपालिका कार्यालयवाट पोखरा महानगरपालिकाका ३३ वडा र ४ स्थानीय पालिकावाट गरी जम्मा ८ वटा स्टेसनवाट सेवा क्षेत्र कार्य प्रवाह गरीएको दैनिक ५०० जना सेवाग्राहीले सेवा लिएको बताउनु भयो । साथै वहाँले अन्य जिल्लाको तुलनामा कास्की जिल्लामा विभिन्न क्षेत्रबाट सेवा प्रवाहका कारण पनि नागरिकलाई वर्तमान अवस्थामा राष्ट्रिय परिचय पत्र बनाउन फर्कनु पर्ने अवस्था नरहेको बताउदै पोखरा महानगरपालिका हरेका वडा कार्यालयसंग समन्मय गरेको सूचनाको प्रवाह र समय अझै बाँकी र वर्षातको खेतीपाली लगाउने समय भएकाले समेत सेवाग्राहीले सास्ती खेप्नु परेको अवस्था नरहेको बताउनु भयो ।

सरकारको स्वामित्मा रहेको नागरिकता परिचय पत्रको सट्टा राष्ट्रिय परिचय पत्र अनिवार्य सगै सामाजिक सुरक्षा, स्वास्थ्य विमा, पेन्सन सुविधा , आयकर, सवारी चालक , कम्पनी दर्ता लगायतका नविकरण अनिवार्य सगै जिल्ला प्रशासन कार्यालय कास्कीमा २०४७ साल अगाडी बनाइएका नागरीकता कास्की जिल्ला प्रशासन कार्यालयमा जलेर नष्ट भएका कारण पनि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको सामान्य भीड बढेको भएता पनि सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि राष्ट्रिय परिचय–पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको सामान्य भीड बढेको हो । यसअघि राहदानी लिनको लागि मात्र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दुवैका लागि राष्ट्रिय परिचय–पत्र अनिवार्य गरेको छ ।

महानगरपालिका का वडा वडाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय पोखरा र लेखनाथ इलाका प्रशासन कार्यालय आउने गरेका छन् । पछिल्लो केही दिन दैनिक पाँच सय जना सेवाग्राही आउन थालेपछि कर्मचारी थपेर सेवाप्रवाह गरिएको इलाका प्रशासन लेखनाथ कार्यालयका नायब सुव्वा बाबुराम शर्माले बताउनुभयो ।

यसअघि राष्ट्रिय परिचय पत्रको लागि वडा वडामा टोली पुगे पनि कतिपयले यसलाई अनिवार्य नठानी फोटो खिचाएका थिएनन् । तर क्रमशः सरकारी सेवामा यसलाई अनिवार्य गरिएपछि छुटेकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय पुग्ने गरेका छन् ।

यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने गरिए पनि पछिल्लो समय परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् । भने कास्की जिल्लामा हालका दिनमा दैनिक ५०० जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।

यसअघि दुई वटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय कास्की अहिले सेवाग्राहीको चाप बढेपछि ८ वटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ । तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउन गरेका छन् ।

Previous Post

निरोगी बन्नका लागि योग आवश्यक

Next Post

उपभोक्ताहरुको हित संरक्षण हुने गरी व्यवसाय गरौं : प्रमुख जिल्ला अधिकारी पाण्डे

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
उपभोक्ताहरुको हित संरक्षण हुने गरी व्यवसाय गरौं : प्रमुख जिल्ला अधिकारी पाण्डे

उपभोक्ताहरुको हित संरक्षण हुने गरी व्यवसाय गरौं : प्रमुख जिल्ला अधिकारी पाण्डे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?